बजारमा उछाल, २९ मिनेटमै ५% बढ्यो बजार, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

बिजमाण्डू
२०७२ साउन १० गते ००:०० | Jul 26, 2015
बजारमा उछाल, २९ मिनेटमै ५% बढ्यो बजार, कुन कम्पनीका लगानीकर्ताले  कति कमाए ?
काठमाडौं । २९ मिनेटमै पूँजी बजार पाँच प्रतिसतले बढेर बन्य भयो । कारोबार भएका अधिकांस कम्पनीको सेयर मुल्य बढेपछि बजारमा दुई पटक सर्किट ब्रेक लाग्यो भने तेस्रो पटकमा दिनभरका लागि कारोबार बन्द भयो । 

१ बजेर १४ मिनेट जाँदा तेस्रो पटक सर्किट ब्रेक लागेपछि बजार दिनभरका लागि बन्द भयो । विहीबार सार्वजनिक भएको मौद्रिक नीतिले बैंक तथा वित्तीय सस्थाको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेपछि बजारमा उछाल आएको हो । 


 
गुमाउने कम्पनी नै भएनन् । सिद्धार्थ म्युचुअल फण्डको सिद्धार्थ ग्रोथ स्किम–१को मुल्य ०.७० प्रतिसतले घट्यो भने कारोबार भएका अन्य एक सय १३ कम्पनीको सेयर मुल्य बढ्यो । आर्थिक वर्ष २०६३/६४ साल पछि फेरि यस पटक पनि पुँजी बृद्धिको कारण सेयरको भाउ बढेको हो । 
 
विहीबार ४० अंकले बढेको नेप्से आइतबार ५० अंकले बढ्यो । पूँजी बृद्धि गर्ने घोषणाले मात्रै बजार ९० अंकले माथि उक्लिसकेको छ । आइतबार बजार बन्द हुँदा नेप्से १०५३.९६ अंकमा पुग्यो । दुई वर्ष अघि बजार १०८३ अंक सम्म पुगेको थियो । अाइतबार ३४ कराेड रुपैयाँकाे सेयर कारोबार भएकाे छ । 


 
सेयर मुल्य धेरै बढ्ने कम्पनीमा अधिकांस बैंक तथा वित्तीय सस्था र केही इन्स्योरेन्स छन् । कारोबार भएका मध्ये १२ वटा कम्पनीको सेयर मुल्य १० प्रतिसतले बढ्यो । दिनभरमा १० प्रतिसतभन्दा धेरैले मुल्य घट्बढ हुन पाउँदैन । 
 
१० प्रतिसत सेयर मुल्य बढ्ने कम्पनीमा सनराईज बैंक, एनसीसी बैंक, प्राइम कमर्सियल बैंक, सिभिल बैंक, हिमालयन बैंक, आइएलएफसी, प्रभु बैंक, एनआईसी एशिया, सिटिजन्स बैंक, ज्योति विकास बैंक, जनता बैंक र एभरेष्ट बैंक (कन्भर्टिवल) छन् । 
 
चुक्तापूँजी थोरै भएका र सेयर मुल्य पनि तुलनात्मक रुपमा कम भएका बाणिज्य बैंकहरुको सेयर मुल्य १० प्रतिसतले बढ्यो भने पूँजी दुई अर्ब भन्दा केही बढी बनाएका बैंकहरुको केही थोरै बढ्यो । २० वटा बैंक तथा वित्तीय सस्थाको सेयर मुल्य ९ प्रतिसत भन्दा धेरै बढेको छ । एभरेष्ट बैंक देखि नेपाल बैंक सम्म र यति डेभलपमेन्ट बैंक देखि वुटवल पावर कम्पनीसम्मको सेयर मुल्य ९ प्रतिसतले बढेको छ ।  
 
 

Tata
GBIME
Nepal Life