आर्कषक लुकको हार्ली डेविडसन् मोटरसाइकल, भारतमा १३ लाख भारु, युवापुस्ताको पहिलो रोजाई

बिजमाण्डू
२०७२ साउन ११ गते ००:०० | Jul 27, 2015
नयाँदिल्ली । हार्ली डेविडसन् मोटरसाइकल स्टाइलिस र परफरमेन्समा विश्व प्रसिद्ध मानिन्छ । यो मोटरसाइकलको लम्बाई २४ सय एमएम रहेको छ । यो सबैभन्दा लामो मोटरसाइकल हो ।

Tata
GBIME
Nepal Life


मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १ सय २५ एमएम रहेको छ । मोटरसाइकलमा दुईवटा अगाडीको वत्ति रहेको छ जसले मोटरसाइकल आर्कषक देखिन्छ ।मोटरसाइकलको सबै भाग कालो रंगको भएकोले युवापुस्ताको पहिलो रोजाईमा पर्ने गरेको छ । मोटरसाइकलको इन्धन भण्डारण क्षमता १८.९ लिटरको रहेको छ । मोटरसाइकलमा दुईवटा सिलिन्डर छ ।

मोटरसाइकल अत्यन्तै आरामदायी र चलाउन सजिलो रहेको कम्पनीले जनाएको छ ।  मोटरसाइकलको सिट पनि आरामदायी र आर्कषक छ जसले लामो यात्रामा पनि सहज रुपमा चलाउन सकिन्छ । यो मोटरसाइकलले माइलेज भने १४ किलोमिटर मात्रै दिन्छ । भारतमा यो मोटरसाइकलको मूल्य १३ लाख भारु छ ।