अब सिमकार्ड मर्दैछ ! बिना सिमका फोन बनाउन एपल र सामसुङ सहमत, फाइदा/बेफाइदा के?

बिजमाण्डू
२०७२ साउन ११ गते ००:०० | Jul 27, 2015
अब सिमकार्ड मर्दैछ ! बिना सिमका फोन बनाउन एपल र सामसुङ सहमत, फाइदा/बेफाइदा के?

एजेन्सी । प्रमुख मोवाइल उत्पादक कम्पनीहरु सामसुङ र एपल सिमकार्ड बिहिन फोन बनाउने अभियानको अन्तिम चरणमा पुगेका छन् । अमेरिका बाट प्रकाशित हुने फाइनान्सिलय टाइम्सले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार दुबै कम्पनीले समान मापदण्डका 'ह्यान्डसेट' बजार ल्याउने तयारी थालेका हुन् ।

Tata
GBIME
Nepal Life


 
उनीहरुले एक इलेक्ट्रोनिक सिम (सब्सक्राइबर आइडेन्टिटी मोड्युल) विकास गरि भौतिक सिमकार्डलाई पुर्णत विस्थापित गर्न चाहेका छन् ।
 
के यो सहि हो? बिज्ञहरु भन्छन्, अवस्था अनुसार फरक पर्न सक्छ । एकातिर यसो भएमा सिमकार्ड बिनाका मोवाइल फोन उपलब्ध हुन्छन् र ग्राहकलाई सजिलो पनि पर्न सक्छ । तर, अर्को तिर ठुला दूरसञ्चार कम्पनीहरुको सामर्थ्यमा चुनौति थपिने र फोन निर्माताहरु शक्तिशालीमा बन्ने अवस्था पनि आउन सक्छ । गतवर्ष इकोनोमिष्टले समेत यसबारे ब्याख्या गरेको थियो ।
 
दूरसञ्चार कम्पनीहरुले बजार नियन्त्रण गुमाउन र एपल लगायत अरु फोन निर्माताले यसबाट फाइदा लिन सक्छन् । यदि नियामकले 'ग्रिन सिग्नल' दिए फोन निर्माताले नै टेलिकम कम्पनी छनोट गरेर सिम डिभाइस बनाउने डिल गर्न सक्छन् । यसमा उपभोक्ताले सिमका लागि महङ्गो मूल्य तिर्नु पर्ने चुनौति समेत आउन सक्छ ।
 
विश्व बजारबाट सिमकार्ड विस्‍थापित हुँदै आए पनि नेपालमा तत्काल यसको प्रभाव पर्ने सम्भावना भने छैन । ठुला मोवाइल सेवा प्रदायकले पहिलो चरणमै नेपाल लक्षित गरेर त्यस्ता फोन निर्माण गरि हाल्ने छैनन् ।