सिम्रिकले तीन नयाँ हेलिकप्टर ल्याउने, एयरबससँग सम्झौता, १ देखि ९ महिनाभित्र ल्याइसक्ने

बिजमाण्डू
२०७२ साउन ११ गते ००:०० | Jul 27, 2015
सिम्रिकले तीन नयाँ हेलिकप्टर ल्याउने, एयरबससँग सम्झौता, १ देखि ९ महिनाभित्र ल्याइसक्ने


काठमाडौँ । सिम्रिक एयरले फ्रान्सको एयरबस हेलिकप्टर्ससँग तीन वटा नयाँ हेलिकप्टर किन्ने भएको छ । कम्पनीले एयरवसबाट दुई वटा एच–१३० (इसी–१३०) र एउटा एच–१२५ (एएस ३५० बि३इ) खरिद गर्न लागेको हो ।

Tata
GBIME
Nepal Life


 

यसबारे सिम्रिक एयरले एयरबस हेलिकप्टर्स कम्पनी सिंगापुरसँग सम्झौता गरि सकेको छ । एच–१३० हेलिकप्टर नेपालमै पहिलो पटक भित्र्याउन लागेको कम्पनीले जनाएको छ । पाइलट सहित आठ सिट क्षमताको यो हेलिकप्टर वातानुकुलीत एवं विषेश खालको ‘अत्याधुनिक’ रहेको कम्पनीको दाबी छ ।
 
सम्झौता अनुसार एच–१२५ एक महिना भित्र र एच–१३० क्रमशः छ महिना र नौ महिना भित्र ल्याइसक्ने कम्पनीले जनाएको छ । यि हेलिकप्टरले उच्च हिमाली दृश्यावलोकन, राहत तथा उद्धार एवं विकाश निर्माण कार्यमा उपयोगी हुने कम्पनीको दावी छ । सिम्रिक एयरले २०५८ साल देखि एमआई–१७ ९रसिएन हेलिकप्टर) बाट उडान सुरु गरेको हो ।