नेप्सेको साईटमा गलत तथ्यां‌क, घटेको बजारलाई बढेको देखाइयो, साेमबार एक अर्ब ३० करोडको काराेबार

बिजमाण्डू
२०७२ साउन ११ गते ००:०० | Jul 27, 2015
नेप्सेको साईटमा गलत तथ्यां‌क, घटेको बजारलाई बढेको देखाइयो, साेमबार एक अर्ब ३० करोडको काराेबार


अपडेट: नेपाल स्टक एक्स्चेन्जको वेव साइटमा गलत तथ्यां‌क दिइएको छ । साँझ साढे ६ बजेसम्म पनि नेप्सेको साइटमा डाटा सच्याइएको छैन । 
दिनभरको काराेबारमा बजार ७.५५ अं‌कले घटेको छ । त्यस्तै कारोबार रकम एक अर्ब ३० करोड ६ लाख रुपैयाँ पुगेको छ । यो कराेबार रकम हालसम्मकै उच्च मध्येमा पर्छ । 

Tata
GBIME
Nepal Life

बै‌किङ समूहको सुचक बढेको भएपनि अन्य सूचकहरुले साथ दिएनन् । इन्स्योरेन्सको सबैभन्दा बढि एक सय ६४ अं‌कले घट्यो । जलविद्युत समूह पनि ओर्लियो ।
 
नेप्सेले साँझ विज्ञप्ति जारी गर्दै अाफ्नो अाधिकारिक साइटमा अधिक भार पर्दा समस्या अाएको जनाएको छ । 
 

काठमाडौँ । खुलेको १४ मिनेट भित्र ३० अंकले बढेको सेयर बजार त्यस पछि क्रमश घट्दै हिजोकै बिन्दु नजिक ओर्लिए पछि बन्द भएको छ । १०८४ दशमलव ८६ अंक सम्म पुगेको नेप्से परिसूचक १०५५ दशमलव शुन्य सात अंकमा झरेर बन्द भएको हो । आइतबार ५० अंकले बढेर परिसूचक १०५३ दशमलव ९५ अंकमा पुगेको थियो ।

धेरै जसो बैंक तथा वित्तिय संस्थाको सेयर मूल्य बढे पनि जलविद्युत, बीमा र अन्य कम्पनी समुहका कारण बजारको बृद्धि रोकिएको हो । यि तीन समुहको उपसूचक क्रमश तीन दशमलव शुन्य नौ, एक दशमलव ९८ र एक दशमलव ५९ प्रतिशतले घटेको छ ।

बैंक, बिकास बैंक र फाइनान्स कम्पनी उपसूचक क्रमश एक दशमलव ११, शुन्य दशमलव ५७ र शुन्य दशमलव ६७ प्रतिशतले बढेका छन् ।  होटल उपसूचक समेत एक दशमलव ६३ प्रतिशतले बढेको छ ।

सोमबार सर्वाधिक कमाउनेमा नविल बैंकका लगानीकर्ता रहे । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर दुई हजार तीन सय रुपैयाँमा बन्द भएको छ । यस्तै इन्टरनेशनल लिजिङ एन्ड फाइनान्सका लगानीकर्ताले समेत नौ दशमलव ७० प्रतिशतले कमाएका छन् ।

धेरै गुमाउनेको अग्रस्थानमा पनि बैंक तथा वित्तिय संस्थानै रहे । आइतबार उच्च दरले मूल्य बढेका कम्पनीको सेयर मूल्य सोमबार घटेको हो । सर्वाधिक प्राइम बैंकका लगानीकर्ताले सात प्रतिशत गुमाएका छन् । त्यस्तै बैंक अफ काठमाडौँका लगानीकर्ताले समेत झन्डै सात प्रतिशत रकम गुमाए ।

सोमबार बजार खासै नबढे पनि कारोवार रकम भने उच्च रह्यो । कुल एक सय १७ कम्पनीको ४१ करोड नौ लाख ९२ हजार रुपैयाँ बराबरको छ लाख ६३ हजार  नौ सय २१ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।