२२ अंक घटेपछि सम्हालियो बजार, बाणिज्य बैंकको सेयरले नै पूँजी बजारलाई तलमाथि बनायो

बिजमाण्डू
२०७२ साउन १२ गते ००:०० | Jul 28, 2015
काठमाडौं । सेयर बजार दुई प्रतिसतसम्म झरेर सम्हालिन लागेको छ । बजार खुल्नासाथ घट्न थालेको बजार एक बजेसम्म लगातार घट्यो । २२ अंक घटेपछि बजार फेरि बढ्न थालेको हो । 


 
नेप्सेको तथ्यांक अनुसार एक बजेर नौं मिनेट जाँदा नेप्से परिसूचक १०४४ अंकमा पुगेको छ । बजार ओलिएपछि लगानीकर्ताले किन्ने अर्डर बढाएको सेयर ब्रोकरहरु बताउँछन् । सर्किट ब्रेक लाग्ने ठाउँमा पुगेपछि बजार उकालो लागेको हो । 
 
बाणिज्य बैंक समूहकै कारण बजार तल झर्ने र उकालो लाग्ने भइरहेको छ । पहिलो चरणमा बाणिज्य बैंक समूहको सूचक निकै घटेको थियो । एक बजेपछि यो समूह पुन सुध्रियो र नेप्से पनि बढ्ने क्रममा छ । 
 

Tata
GBIME
Nepal Life