प्रिमियर इन्स्योरेन्स कम्पनीले इटहरीमा खोल्यो शाखा, भूकम्प पछि १२ कराेड रुपैयाँ दावी भुक्तानी

बिजमाण्डू
२०७२ साउन १२ गते ००:०० | Jul 28, 2015
प्रिमियर इन्स्योरेन्स कम्पनीले इटहरीमा खोल्यो शाखा, भूकम्प पछि १२ कराेड रुपैयाँ दावी भुक्तानी
काठमाडाैं । प्रिमियर इन्स्योरेन्स कम्पनीले इटहरीमा आफ्नो शाखा खोलेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूद्यूम्न प्रसाद उपाध्यायले शाखा सुभारम्भ गरेका हुन । सञ्जाल विस्तार गर्ने क्रममा इटहरीमा शाखा स्थापना गरेको इन्स्योरेन्सले जनाएको छ ।
  
कम्पनीले विगत २१ वर्ष देखि निर्जीवन बीमा सेवा प्रदान गर्दे आएको छ । गत बैशाख १२ को विनाशकारी भूकम्पको कारणले कूल आठ सय आठ वटा दावी परेकोमा ४७ प्रतिशत फर्छ्योट गरी सकेको जानकारी पनि कम्पनीले दिएको छ । 
 
कम्पनीले हालसम्म १२ करोड ५४ लाख रकम दावी भूक्तानी गरेको हो । पूर्नबीमक बाट १३ करोड ८४ लाख दावी वापत पेश्की प्राप्त भएको जानकारी कम्पनीले दिएको छ । 
 

Tata
GBIME
Nepal Life