२० दिनमा घर बनाउन सक्ने गरि प्रिस्टारका प्रिफेव नेपालमा, राजधानीमा वायो ट्वाइलेट बनाउने

बिजमाण्डू
२०७२ साउन १२ गते ००:०० | Jul 28, 2015
२० दिनमा घर बनाउन सक्ने गरि प्रिस्टारका प्रिफेव नेपालमा, राजधानीमा वायो ट्वाइलेट बनाउने


काठमाडौं । भारतको पब्लिक कम्पनी प्रिस्टार इन्फ्रास्टक्चर प्रोजेक्ट लिमिटेडले नेपालमा आफ्नो उत्पादन विक्री सुरु गरेको छ । भूकम्प प्रभावित जिल्लालाई लक्षित गर्दै प्रिफेव घर र वातावरणीय हिसाबको वायो ट्वाइलेटका सामान विक्री गर्न लागेको हो ।


 
‘हामीले भुकम्प प्रभावित १६ वटा जिल्लामा विक्रेता नियुक्त गरिसकेका छौं । काठमाडौंमा एउटा मुख्य डिलर छ’, कम्पनीका सेल्स एण्ड मार्केटिङ महाप्रबन्धक सोमेन लाहिरीले भने,’ ‘विद्यालयहरु पुनर्निर्माणका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत राखेर हामी विशेष प्याकेज दिदैछौं ।’ नेपालका सबै जिल्लामा आफ्ना उत्पादन पु¥याउने लक्ष्य लिएको कम्पनीले विद्यालय, अस्पताल सुरक्षाकर्मीका लागि चाहिने घरहरु निर्माणको तयारी गरको छ । 

 
प्रिस्टार भारतकै ठूलो मध्येको प्रिफेव कम्पनी हो । ६० वर्ष अघि स्थापना भएको यो कम्पनीको मुख्यालय कोलकातामा छ । यो कम्पनीले सार्क लगायत दक्षिण एशियाका अधिकांस मुलुक र म्यानमारमा समेत आफ्नो उत्पादन विक्री गर्दै आएको छ । भारतको रक्षा मन्त्रालय, सैनिक र अर्धसैनिक निकाय यो कम्पनीका मुख्य ग्राहक हुन् । भारत तथा अन्य मुलुकमा एक सय ५४ वटा प्रमुख डिलर कम्पनीले नियुक्त गरेको छ ।  
 
तीनकुने देखि सूर्यविनायकसम्मको ६ लेनको सडकमा लगाइएको बार पनि यही कम्पनीले आपुर्ति गरेको हो । कम्पनीको अर्को मुख्य उत्पादन राजमार्ग रेलिग पनि हो । लाहिरीले भने, ‘नेपाल अहिले पुनर्निर्माणको क्रममा छ, अब हाम्रो कम्पनीको जस्तो प्रिफेव आवश्यक छ, गुणस्तरीय सामान तुलनात्मकरुपमा सस्तो मुल्यमा विक्री गर्छौ ।’ 


 
प्रिस्टार इन्फ्रास्टक्चरका उत्पादन ४० वर्ष टिक्ने दावी कम्पनीले गरेको छ । उच्चगुणस्तर कायम गर्ने भएकोले सामान्य प्रिफेव प्रिस्टारका उत्पादन धेरै टिक्ने दावी कम्पनीको छ । महाप्रबन्धक लाहिरीले दिएको जानकारी अनुसार तयार भएको जमिनमा १५ देखि २० दिनमा घर निर्माण सकिन्छ । वातावरणयुक्त शौचालय  पाँच दिनमा तयार गरिन्छ । यो शैचालय मोवाइल जस्तो हुनेछ ।  
 
प्रिस्टारको प्रिफेवबाट तीन तलासम्मको भवन निर्माण गर्न सकिन्छ । ढलान गरेर निर्माण गर्ने भन्दा निकै सस्तो मुल्यमा बनाउन सकिने प्रिफेव घर भूकम्प प्रतिरोधी र आगलागी नहुने जानकारी पनि महाप्रबन्धक लाहीरीले दिएका छन् । उपभोक्ताले छान्ने गुणस्तरका आधारमा लागत तय हुने जानकारी पनि उनले दिए । 
 
यो कम्पनी उत्पादन गर्ने जस्ता पाता निकै बाक्ला छन् । ‘हामी गुणस्तरमा संझौता गर्दैनौं, उनले भने, मुल्य केही महंगो हुनसक्छ तर हामीले दिने गुणस्तर अन्य प्रिफेव कम्पनीले दिन सक्दैनन् । उपभोक्ताले मुल्य अनुसारको गुणस्तर प्राप्त गर्छन ।’
 
कम्पनीले उत्पादन गरेको वातावरणयुक्त शौचालय काठमाडौंको रत्नपार्कमा राख्ने तयारी गरेको छ । महानगरपालिकासँग समन्वय गरी केही महिनाभित्र जडानको तयारी गरेको कम्पनीका राष्ट्रिय निर्देशक भरत शर्माले जानकारी दिए । उनले भने, ‘महानगरका कार्यकारी प्रमुखले शौचालय निर्माणका लागि प्राविधिक निर्णय गरिसकेका छन् । अब हामी छिटै जोडने तयारीमा छौं ।’ हालैमात्र सरकारले बजेट मार्फत राजधानी उपत्यकामा चार सय सार्वजनिक शौचालय समेत निर्माणको घोषणा गरेको छ ।  
 
कम्पनीले निजी विद्यालयको लागि समेत भुकुम्प प्रविधि युक्त कक्षा कोठा र शौचालय बनाउने योजना अघि सारेको छ । राजधानीको ग्यालेक्सी पब्लिक स्कूलमा केही दिनभित्र कक्षाकोठा र शौचालय निर्माण गर्न लागिएको छ । 
 
सरकारी विद्यालय र विभिन्न गैरसरकारी संस्थाहरु मार्फत देशका विभिन्न स्थानमा वातावरणयुक्त शौचालय निर्माणको लागि पहल गरेको निर्देशक शर्माले जानकारी दिए ।   
 
 
 

Tata
GBIME
Nepal Life