ललितपुरको कुपण्डोल हाइटमा सामसङ प्लाजा खुल्यो, ग्राहकलाई अझै स्तरीय सेवा दिने दावी

बिजमाण्डू
२०७२ साउन १२ गते ००:०० | Jul 28, 2015
ललितपुरको कुपण्डोल हाइटमा सामसङ प्लाजा खुल्यो, ग्राहकलाई अझै स्तरीय सेवा दिने दावी


काठमाडौं । सामसङका उत्पादनको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिकस् प्रालिले कुपण्डोल हाइटमा आफ्नो सोरुम खोलेको छ । यो सोरुम खुलेसँगै कम्पनीको सोरुमको संख्या १२ पुगेको छ ।

Tata
GBIME
Nepal Life


 

सामसङ्गका उत्पादन प्रति ग्राहकको बढ्दो माग पूर्र्तीको लागि हिम इलेक्ट्रोनिकसले काठमाडौँ भित्र मात्र नभइ काठमाडौँ उपत्यका बाहिर पनि सामसङको आउटलेट अर्थात सामसङ प्लाजा विस्तारको लागि योजना बनाइरहेको जनाएको छ । 
 
सामसङको काठमाडौँ उपत्यका बाहिर नारायणघाट, पोखरा र धनगढीमा गरि तीन वटा सामसङ प्लाजा रहेका छन् । कम्पनीले यो वर्षभित्रमा पाँचवटा सामसङ प्लाजा विस्तार गर्ने जनाएको छ ।
 
सामसङले नेपालमा पहिलो पटक युएचडी कर्भ्ड टिभी भित्र्याएको छ ।