लगानी बोर्डले होङ्सी ग्रुपलाई सिमेन्ट उद्योग खोल्न अनुमति दियो, तल्लो अरुण पिपिपिमा बनाउने

बिजमाण्डू
२०७२ साउन १२ गते ००:०० | Jul 28, 2015
लगानी बोर्डले होङ्सी ग्रुपलाई सिमेन्ट उद्योग खोल्न अनुमति दियो, तल्लो अरुण पिपिपिमा बनाउने
काठमाडौं । लगानी बोर्डले सिमेन्ट उद्योग सञ्चालन गर्न चीनको होङ्सी ग्रुपलाई अनुमति दिएको छ । यो ग्रुपले ३६ अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हो । 

बोर्डको मंगलबार बसेको बैठले होङ्सीलाई लगानी गर्ने अनुमति दिने निर्णय गरेको हो । बोर्डको बैठक बस्न नसक्दा यो प्रस्ताव लामो समयदेखि त्यत्तिकै थन्किएको थियो । यस अघि नाइजेरियाको डोङगटे र भारतको रियलाइन्स समूहलाई नेपालमा सिमेन्ट उद्योग सञ्चालन गर्न बोर्डले अनुमति दिइसकेको छ । 

Tata
GBIME
Nepal Life


 

पाँच अर्ब भन्दा बढी वैदेशिक लगानीका आयोजना बोर्डले स्वीकृत गर्नुपर्छ । यी तीन विदेशी लगानीका ठूला सिमेन्ट उद्योग हुन । यस अघि अनुमति पाएको डोङगटेले उद्योग स्थापनाको काम अघि बढाइसकेको छ । होङ्सी ग्रुप चीनको हङकङ रेड लाइन नं. ३ लिमिटेड अर्न्तर्गत सञ्चालित छ । 

त्यस्तै बोर्डले निजगढमा निर्माण गर्ने दोस्रो अन्तर्रर्ााट्रय विमानस्थलका विषयमा कुन मोडल अपनाउने भन्ने विषयमा अन्तराष्ट्रिय वित्त निगम-आईएफसी) सँग परामर्श गर्ने निर्ण्र्ाापनि गरेको छ । सरकार-निजी साझेदार (पिपिपि) वा अन्य मोडलमा बनाउने विषयमा आईएफसीसँग बैंठक गर्ने निर्णय भएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बोर्डले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका विषयमा पनि एशियाली विकास बैंकसँग बैठक गर्ने निर्णय गरेको छ । त्रिभूवन विमानस्थल यो बैंकको सहयोगमा स्तरोन्नतिको काम भइरहेको छ । 
 
बोर्डले तल्लो अरुण जलविद्युत आयोजना पिपिपि मोडलमा निर्माण गर्ने जानकारी पनि दिएको छ । पिपिपि मोडलमा यो आयोजना निर्माण गर्न अवधारणा विकास गर्न बोर्डको कार्यालयलाई निर्देशन दिइएको छ ।