१७ निर्जीवन बीमा कम्पनीले एक वर्षमा ११ अर्ब प्रिमियम उठाए, कुन कम्पनीको कति संकलन ?

बिजमाण्डू
२०७२ साउन १३ गते ००:०० | Jul 29, 2015
१७ निर्जीवन बीमा कम्पनीले एक वर्षमा ११ अर्ब प्रिमियम उठाए, कुन कम्पनीको कति संकलन ?

सविन मिश्र/बिजमाण्डू
काठमाडौं ।
निर्जीवन बीमा कम्पनीहरुको बजार क्रमश उकालो लागेको छ । गत आर्थिक वर्ष २०७१/०७२ मा निर्जीवन बीमा कम्पनीहरुले  कारोवार १४ प्रतिशतले बढेको हो ।

Tata
GBIME
Nepal Life
कम्पनीको नाम आव २०७०/०७१ आव २०७१/०७२ वृद्धि
नेपाल इन्स्योरेन्स 750000000 700000000 -7%
दि ओरियण्टल इन्स्योरेन्स 570000000 590000000 4%
नेशनल इन्स्योरेन्स 635700000 720000000 13%
हिमालयन जनरल इन्स्योरेन्स 931100000 850000000 -9%
युनाइटेड इन्स्योरेन्स 377500000 440000000 17%
प्रिमियम इन्स्योरेन्स 502200000 740000000 47%
एभरेष्ट इन्स्योरेन्स 100000000 110000000 10%
नेको इन्स्योरेन्स 461100000 550000000 19%
सगरमाथा इन्स्योरेन्स 970900000 1030000000 6%
प्रभु इन्स्योरेन्स  632700000 720000000 14%
एनबी इन्स्योरेन्स   6000000  
प्रुडेन्सियल इन्स्योरेन्स 587800000 780000000 33%
शिखर इन्स्योरेन्स 1055400000 1350000000 28%
लुम्बिनी जनरल इन्स्योरेन्स 593900000 640000000 8%
एनएलजी इन्स्योरेन्स 798800000 970000000 21%
सिद्धार्थ 810000000 970000000 20%
राष्ट्रिय बीमा कम्पनी 250000000 300000000 20%
जम्मा 10027100000 11386000000 वृद्धि औषत: 14%

गत आवमा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रिमियम । स्रोत : बीमा समिति ।

गत आवमा १७ निर्जीवन बीमा कम्पनीले ११ अर्ब ३८ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा एक अर्ब ३५ करोड ९० लाख रुपैयाँले धेरै हो । निर्जीवन बीमा एक बर्षमा 'म्याचोर्ड' हुने हुँदा संकलिन प्रिमिमय मध्ये दाबी भुक्तानी गर्नु नपरेको रकम कम्पनीको मुनाफा चढ्न जान्छ ।

बीमा समितिका अनुसार धेरै प्रिमियम संकलन गर्ने बीमा कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स एक नम्बरमा छ । उसले गत आर्थिक वर्षमा एक अर्ब ३५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । शिखरको प्रिमियम अघिल्लो आवको तुलनामा ३० करोड रुपैयाँले बढेको छ ।

धेरै प्रिमियम संकलनका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा छ । उसले एक अर्ब तीन करोड रुपैयाँ प्रिमियम संकलन गरेको बीमा समितिले जनाएको छ । शिखर र सगरमाथाले मात्रै कूल प्रिमियमको २० प्रतिशत अंश ओगट्छन् ।

१७ वटा निर्जीवन बीमा कम्पनी मध्ये नेपाल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको प्रिमियम संकलन घटेको छ भने अरु सबै कम्पनीको बढेको छ ।

सबै भन्दा धेरै प्रिमियर इन्स्योरेन्सको ४७ प्रतिशत कारोबार बृद्धि गरेको बढेको छ । यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको ३३ प्रतिशतले, शिखर इन्स्योरेन्सको २८ प्रतिशतले तथा एनएलजी इन्स्‍योरेन्सको प्रिमियम २१ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष जस्तै आर्थिक वर्ष २०७१/०७२ मा पनि बीमा एनबी इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान (हालको कम्पनी) क्रमश: पुछारबाट पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

कारोवार ठप्प भइ सकेको एनबी इन्स्योरेन्स नयाँ व्यवस्थापन सहित गत आवको अन्तिम त्रैमासबाट सञ्चालनमा आएको हो । अघिल्लो आवमा बीमा समितिसँगको बिवादका कारण कारोवार समेत स्थगित गरेको एभरेष्ट इन्स्योरेन्सले गत आवबाट विस्तारै बजारमा पुन उपस्थिती जनाएको छ । निर्जीवन कारोबारका लागि राष्ट्रिय बीमा सं‌स्थानबाट टुक्रिएको राष्ट्रिय बीमा कम्पनीले क्रमिक रुपमा कारोबार बिस्तार गर्दैछ ।

बीमा समितिका निर्देशक राजुरमण पौडेलले धेरै कम्पनीको वृद्धिदर राम्रो रहेको बताए । 'अधिकांश बीमा कम्पनीको बिस्तार सन्तोष जनक छ,' उनले भने, 'भूकम्पपछि उनीहरुलाई अझै मार्केट ग्रोथ गर्ने अवसर छ, यो अवसरलाई खेर नफाल्ने हो भने यो बर्ष झन् उत्साहजनक कारोवार हुनेछ ।'

नेपालमा निर्जीवन तर्फ सबै भन्दा बढी हिस्सा अग्नी बीमाको रहेको छ । त्यस पछि सवारी साधन लगायतका अन्य बीमा पर्छन् । गत बैशाखमा आएको भूकम्प पश्चात यो आर्थिक बर्ष देखि घरको बीमा गराउने संख्या बढ्ने कम्पनीहरुको अपेक्षा छ । सोहि कारण यो बर्ष गत आव भन्दा धेरैले बीमा व्यवसाय उकालो लाग्ने आशा गरिएको छ ।