यी हुन् धेरै कर लाग्ने १० मुलुक, जहाँ कमाइको ४८ देखि ५९ प्रतिशत सम्म राज्यलाई बुझाउनु पर्छ

बिजमाण्डू
२०७२ साउन १३ गते ००:०० | Jul 29, 2015
यी हुन् धेरै कर लाग्ने १० मुलुक, जहाँ कमाइको ४८ देखि ५९ प्रतिशत सम्म राज्यलाई बुझाउनु पर्छ

एजेन्सी/नेपालमा सर्वाधिक ३५ प्रतिशत कर लाग्ने गरेको छ । न्युनतम आयकर १५ प्रतिशत भए पनि बार्षिक २५ लाख भन्दा धेरै कमाउनेले बढी रकमको ४० प्रतिशत कर तिर्नु पर्ने हुन्छ । त्यस अनुरुप गणना गर्दा कुल आयको ३५ प्रतिशत हाराहारी कर हुन आउँछ ।
छिमेकी भारतमा पनि बढी कर लिएको गुनासो बिभिन्न क्षेत्रबाट आउने गरेको छ । तर, इकोनोमिक टाइम्सका अनुसार धेरै कर लाग्ने सूचीको अग्रस्थानमा निम्न देश पर्छन् ।
 
 
अरुवा (दक्षिणी क्यारेवियन सागरको टापु)
करको दर : ५८.९५ %

यो देशमा करको खास दर या पुँजी लाभकरको व्यवस्था छैन । तर, रोजगार दाताले कर्मचारीका लागि सामाजिक सुरक्षा कर वापत राज्यलाई रकम बुझाउनु पर्छ । यो मुलुकमा भ्याटको दर भने १५ प्रतिशत रहेको छ ।
 

Tata
GBIME
Nepal Life


स्विडेन
करको दर : ५६.६ %

यो मुलुकका जनताले निशुल्क शिक्षा एवं सहुलियतपुर्ण स्वास्थ्य र सार्वजनिक यातायात सेवा पाउँछन् । यहाँ रोजगारदाताले सामाजिक सुरक्षा कर ३१ दशमलव ४२ प्रतिशत र पुँजीगत लाभ कर ३० प्रतिशत तिर्नु पर्छ ।
 
डेनमार्क
करको दर : ५५.५६ %

सन् २००८ सम्म यो मुलुकमा ६२ दशमलव तीन प्रतिशत कर लाग्थ्यो । त्यसयता घटाइएको हो । यहाँ कुनै सामाजिक सुरक्षा कर र सम्पति नामसारी कर तिर्नु पर्दैन । दम्पतिबाट हकका रुपमा पाएका सम्पतिमा कुनै कर नलागे पनि अरुबाट सम्पति पाएमा नेटवर्थको ३६ दशमलव २५ प्रतिशत कर तिर्नु पर्छ ।

नेदरल्यान्ड
करको दर : ५५ %

यो मुलुकमा कुनै 'पेरोल ड्युटी' एवं पुँजीकरको व्यवस्था छैन । सम्पत्ति नामसारीमा भने मूल्यको छ प्रतिशत कर तिर्नु पर्छ ।
 
बेल्जियम
करको दर : ५० %

यो देशमा धेरै कमाउने करदाताले कुल आयको ४० प्रतिशत भन्दा कम रकम मात्र घर भित्र्याउन पाउँछन् । सामाजिक सुरक्षा वापत १३ प्रतिशत तिर्नुपर्छ र यसमा रोजगारदाताको योगदान ३५ प्रतिशत हुन्छ ।
 
जापान
करको दर : ५० %

यो मुलुकमा दुई लाख २८ हजार आठ सय ८० अमेरिकी डलरको आय हुँदा ५० प्रतिशत कर तिर्नु पर्छ । करको स्किमलाई दुई भागमा बिभाजित गरिएको छ । ४० प्रतिशत मार्जिनल दर र १० प्रतिशत सम्पत्ति कर तिर्नु पर्ने हुन्छ ।
 
अष्ट्रिया
करको दर : ५० %

यो मुलुकमा सामाजिक सुरक्षाकर बापत १७ देखि १८ प्रतिशत कर तिर्नु पर्छ । त्यस्तै विदाको वोनसमा समेत छ प्रतिशत कर लाग्छ ।
 
सम्युक्त अधिराज्य
करको दर : ५० %

यो मुलुकमा बार्षिक दुई लाख ३४ हजार चार सय ८४ अमेरिकी डलर सम्मको आय हुनेले ५० प्रतिशत कर तिर्नु पर्छ । सामाजिक सुरक्षा करको दर १४ प्रतिशत र पुँजीगत लाभकर २८ प्रतिशत लाग्छ ।
 
फिनल्यान्ड
करको दर : ४९.२ %

९१ हजार अमेरिकी डलर भन्दा बढि आय हुनेले कर तिर्नु पर्छ । २८ प्रतिशत पुँजीगत लाभकर र २१ प्रतिशत नगर कर लाग्छ । एक देखि दुई प्रतिशत चर्चहरुले समेत तिर्नु पर्ने हुन्छ ।
 
आयरल्यान्ड
करको दर : ४८ %

बार्षिक ४० हजार छ सय ९६ अमेरिकी डलर सम्मको आय हुनेले कर तिर्नु पर्छ । सामाजिक सुरक्षा चार प्रतिशत एवं पुँजीगत लाभकर उपहार बापत २५ देखि ३० प्रतिशत कर तिर्नु पर्ने हुन्छ ।

एजेन्सीको सहयोगमा