बुधबार पनि घट्यो सेयर बजार, फाइनान्‍स बाहेक सबै उपसूचक रातो, ४२ करोड रुपैयाँको कारोबार

बिजमाण्डू
२०७२ साउन १३ गते ००:०० | Jul 29, 2015
बुधबार पनि घट्यो सेयर बजार, फाइनान्‍स बाहेक सबै उपसूचक रातो, ४२ करोड रुपैयाँको कारोबार


काठमाडौँ । सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । आइतबार उच्च अंकले बढेपछि सोमबार बजार घट्न थालेको थियो ।
आइतबार यता नेप्से परिसूचक ३२ अंकले घटी सकेको छ । बुधबार परिसूचक १०२१.३३ अंकमा आइ पुगेको हो ।

Tata
GBIME
Nepal Life

साताको चौथो दिन बित्त कम्पनी बाहेक सबै उपसूचक घटेका छन् । सबै भन्दा ठूलो गिरावट होटल उपसूचकमा दुई दशमलव ६२ प्रतिशतको आएको छ ।
सर्वाधिक कमाउने १० कम्पनी मध्ये सात फाइनान्स रहेका छन् । सोहि कारण उक्त उपसूचक बढेको हो । युनाइटेड फाइनान्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाएका छन् । नेपाल एक्सप्रेस, श्री इन्भेष्टमेन्ट र लुम्बिनी फाइनान्सका सेयरधनीले समेत नौ प्रतिशत भन्दा बढी कमाए ।

बुधबार सर्वाधिक गुमाउनेमा समिट माइक्रोफाइनान्सका लगानीकर्ता परेका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस बाहेक मनाश्लु विकास बैंकको सेयर मूल्य समेत झन्डै १० प्रतिशतले घटेको छ ।

बजार घटे पनि कारोबार रकम बुधबार पनि उच्च रह्यो । औषत २० देखि २५ करोडको सेयर किनबेच हुँदै आएकोमा साताको चौथो दिन ४२ करोड ३६ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको हो । एक सय ४५ कम्पनीको दुई हजार छ सय ८३ कित्ता सेयर कारोबार भएको छ ।