बजाजकाे बजार हिस्सा १८ प्रतिशत पुग्याे, पाँच प्रतिशत बढाउने लक्ष्य, नयाँ मोटरसाइकल ल्याउँदै

बिजमाण्डू
२०७२ साउन १३ गते ००:०० | Jul 29, 2015
बजाजकाे बजार हिस्सा १८ प्रतिशत पुग्याे, पाँच प्रतिशत बढाउने लक्ष्य, नयाँ मोटरसाइकल ल्याउँदै
नयाँदिल्ली । बजाज कम्पनीले भारतीय बजारमा आफ्नो हिस्सा पाँच प्रतिशतले बढाउने लक्ष्य लिएको छ । स्पोर्टस् र मिड सेग्मेन्टमा नयाँ मोडलको मोटरसाइकल ल्याएर भारतमा आफ्नो बजार हिस्सा २३ प्रतिशत पु¥याउने रणनीति लिएको छ ।

Tata
GBIME
Nepal Life

बजाजको भारतमा अहिले १८ प्रतिशत बजार हिस्सा छ । बजाजको पल्सर, डिस्कभर र प्लाटिना लगायतका लोकप्रिय मोटरसाइकल छन् । बजाज अटोका विजनेश डेभलपमेन्ट अध्यक्ष एस रविकुमारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भारतमा मोटरसाइकलको हिस्सा १८ प्रतिशत पु¥याइसकेको जानकारी दिए ।
 

 
 उनले बजार बढाउन मिड सेग्मेन्ट र स्पोर्टस् स्टाइलका मोटरसाइकल ल्याउने तयारी भएको जानकारी दिए । रविकुमारका अनुसार सन् २०१६को मार्चसम्ममा बजार हिस्सेदारी २३ प्रतिशत पुग्ने अनुमान छ । गत वर्ष बजाजका ३ लाख ७९ हजार १ सय ३० मोटरसाइकल बिक्री भएको थियो ।