नेपाल लाइफको टिकापुर उपशाखा स्तरोन्नती, कम्पनीले वीमा सचेतना कार्यक्रम मुलुकभर लैजाने

बिजमाण्डू
२०७२ साउन १३ गते ००:०० | Jul 29, 2015
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले टिकापुर जिल्लालको उपशाखालाई शाखा कार्यालयमा स्तरोन्नती गरेको छ । कम्पनीको शाखा कार्यालयको वीमा समितिका अध्यक्ष प्रा.डा फत्तबहादुर केसीले बुधवार उद्घाटन गरे । 

 
उनले  जीवन वीमाको विकास र विस्तारमा कम्पनीले खेलेको भूमिकाका प्रशंशा गर्दै आगामी दिनमा वीमाको पहुँच नपुगेका क्षेत्रहरुमा सेवा बिस्तारको लागि आग्रह गरे । उनले सम्भावना बोकेको टिकापुरमा शाखा कार्यालयको स्थापनाबाट सहज, सरल र गुणस्तरीय जीवन वीमाको सेवा पाउने अपेक्षा व्यक्त गरे । 
 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले मुलुकमा हालै गएको विनासकारी भूकम्पबाट मृत्यु भएका व्यक्तिहरु मध्ये अधिकांशको जीवन वीमा नभएको बताउँदै  आगामी दिनमा जीवन वीमाको महत्व र आवश्यकताका बारे मुलुकभर सचेतना कार्यक्रम लैजाने बताए ।   कम्पनीले गत आर्थिक वर्ष २०७१।०७२ मा वैदेशिक रोजगार म्यादी वीमा समेत गरी प्रथम बर्ष वीमा शुल्क करिब ३ अर्ब ९१ करोड रुपैयाँ र  कुल वीमाशुल्क आम्दानी करिब ८ अर्ब ११ करोड हासिल गरेको कम्पनीका विभागीय प्रवन्धक ओमप्रकाश पुडासैनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

Tata
GBIME
Nepal Life