भीजी अटोमोवाइलको नयाँदिल्लीमा विक्रेता सम्मेलन, सुजुकीलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता

बिजमाण्डू
२०७२ साउन १३ गते ००:०० | Jul 29, 2015
काठमाडौं । विशाल समूह अन्तर्गतको भी.जी. अटोमोबाइलले भारतको नयाँदिल्लीमा तेस्रो विक्रेता सम्मेलनको आयोजना गरेको छ । भी.जी.सुजुकी मोटरसाइकल इन्डियाको नेपालका लागि अधिकृत आयातकर्ता र बिक्रेता हो । 
चार दिन आयोजना गरिएको विक्रेता सम्मेलनमा नेपालभरका बिक्रेताको सहभागिता थियो । कार्यक्रममा सुजुकी इन्डियाका प्रबन्ध निर्देशक मासायोसी इतो, सुजुकी मोटरसाइकल इन्डियाका व्यवस्थापन प्रमुखको पनि उपस्थिति थियो । कार्यक्रममा भी. जी. अटोमोबाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल, महाप्रबन्धक अधिरकुमार श्रेष्ठ पनि सहभागी भएका थिए । 
नेपाली विक्रेतालाई गुडगाउँस्थित सुजुकीको दुई पाङ्ग्रे सवारी निर्माण कारखानामा पनि लगिएको थियो । भी.जी. अटोमोबाइलका महाप्रबन्धक श्रेष्ठले सबै विक्रेताको मेहनतलाई सम्मान गर्न सम्मेलन आयोजना गरिएको बताए । 
प्रबन्ध निर्देशक अग्रवालले आयातकर्ता र बिक्रेताका कारण छोटो समयमा नै सुजुकी मोटरसाइकलले नेपालमा सफलता प्राप्त गरेको बताए । सुजुकीको नयाँ उत्पादन, विक्रेताको हौसला र ग्राहकको भरोसाले सुजुकीलाई आउँदो वर्षमा थप सफलता प्रदान गर्ने विश्वास पनि उनले लिए । 
 

Tata
GBIME
Nepal Life