नेपालको कृषि क्षेत्रमा इजरायली प्रविधि ल्याउन लालायित, कृषि क्षेत्रमा लगानी गर्न इजरायली तयार

बिजमाण्डू
२०७२ साउन १३ गते ००:०० | Jul 29, 2015
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपाल इजरायलले प्रयोगमा ल्याएको कृषि प्रविधि भित्र्याउन लालायित रहेको बताएका छन् । नेपालका लागि इजरायली राजदूत यारुन मेयरसँगको भेटमा उनले यो धारणा राखेका हुन् । 
 
उनले महासंघले सरकारको सहयोगमा एक गाउँ एक उत्पादनमा इजरायलको प्रविधि महत्वपूर्ण हुने बताए । भेटमा यारुनले नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार रहेको बताए । उनले इजरायलको कृषिमन्त्रीबाट हालै भएको नेपाल भ्रमणको स्मरण गर्दै इजरायली प्रविधि ल्याउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Tata
GBIME
Nepal Life

उनले नेपालका व्यवसायीसँग मिलेर इजरायली व्यवसायी कृषिमा लगानी गर्न तयार रहेको बताए । यारुनले अक्टोबर १३ देखि १५ गतेसम्म इजरायलमा हुने पानी सम्वन्धी प्रर्दशनीमा नेपाली निजी क्षेत्रको सहभागिताको लागि आग्रह गरे ।  भेटका अवसरमा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्ष किशोरकुमार प्रधान, कार्यकारिणी समिति सदस्य प्रकाश गिरी, महानिर्देशक धरणीधर खतिवडाको सहभागिता रहेको थियो ।