कर्जाको ब्याज दर प्रकाशितभन्दा एक प्रतिशत बिन्दुले थपघट गर्न पाइने, मोलमोलाइ गरे ब्याज घट्छ

बिजमाण्डू
२०७२ साउन १४ गते ००:०० | Jul 30, 2015
काठमाडौं । प्रकाशित ब्याज दर हेरेर बैंकमा ऋण लिन जाँदै हुनुहुन्छ ? तपाईले मोलमालाइ गर्न सक्नु भयो भने ब्याज दर प्रकाशितभन्दा एक प्रतिशत बिन्दुसम्म घट्ने छ ।
 
तपाई ‘सोझो’ पर्नु भयो भने बैंकले प्रकाशितभन्दा एक प्रतिशत बढी ब्याज पनि असुल्न सक्छन् । 
 
नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका–२०७२ सार्वजनिक गर्दै कर्जाको ब्याज दर पनि एक प्रतिशत बिन्दुसम्म थपघट गर्न पाउने व्यवस्था गरेको हो । ‘कर्जाको ब्याजदरको हकमा प्रकाशित ब्याज दरमा एक प्रतिशत बिन्दुभन्दा वढी थपघट गरी ब्याज दर कायम गर्न पाइने छैन,’ निर्देशनमा छ । 
 
यसअघि ‘कर्जाको ब्याज दरको हकमा प्रकाशित ब्याज दरभन्दा वढी दर कायम गर्न पाइने छैन’ भन्ने व्यवस्था थियो । 

Tata
GBIME
Nepal Life