मुक्तिनाथ विकास बैंकको संचालकमा चुडामणि कँडेल चयन

बिजमाण्डू
२०७२ साउन १४ गते ००:०० | Jul 30, 2015
काठमाडौं । मुक्तिनाथ विकास बैंक संचालक समितिको बैठकले चुडामणि कँडेललाई संचालक चयन भएका छन् । लेखानी गाविस ३ बागलुङका कँडेल सर्वसधारण सेयरधनीको तर्फबाट संचालक चयन भएका हुन् । 
 
बैंकको शेयर स्वामित्व संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत रहेको छ भने सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना र व्यवसायिक विशेषज्ञ एक जना रहने गरी आठ जनाको सञ्चालक समिति रहने व्यवस्था रहेको छ ।
 
यसअघि बैंकले धादिङमा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७२ आषाढ ३० गतेदेखि एकीकृत कारोबार गरी राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोबार गरेको छ ।

Tata
GBIME
Nepal Life