सेयर बजारमा सामान्य बृद्धि, होटल बाहेक सबै उपसूचक हरिया, ४५ करोड रुपैयाँको सेयर किनबेच

बिजमाण्डू
२०७२ साउन १४ गते ००:०० | Jul 30, 2015
सेयर बजारमा सामान्य बृद्धि, होटल बाहेक सबै उपसूचक हरिया, ४५ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौँ । तीन दिन लगातार घटेको सेयर बजार बिहिबार सामान्य रुपले बढेको छ । नेप्से परिसूचक ६.६५ अंकले बढेर १०२७.९८ अंकमा पुगेको हो ।

Tata
GBIME
Nepal Life

एक बजे सम्म सुस्त देखिएको बजार त्यस पछि उकालो लागेको थियो । १:३५ बजे १०३६ अंकमा पुगे पनि त्यस पछि केहि ओर्लिएर बजार बन्द भएको हो ।

साताको अन्तिम कारोबार दिन होटल बाहेक सबै उपसूचकमा हरियो रङ देखिएको छ । होटल ०.१६ प्रतिशतले घटेको हो ।

सबै भन्दा धेरै अन्य समुह १.९५ र ब्यापार कम्पनी उपसूचक १.७१ प्रतिशतले बढेका छन् । बैंक, बिकास बैंक, फाइनान्स, जलविद्युत र बीमा उपसूचकमा एक प्रतिशत भन्दा कमको बृद्धि भएको छ ।

बिहिबार एक सय ४३ कम्पनीको कारोबार भएको नेप्सेले जनाएको छ । एक लाख एक हजार एक सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा ४५ करोड २६ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ । यो रकम सामान्य समयको औषत भन्दा बढि हो ।

गत साता नेपाल राष्ट्र बैंकले मौद्रक नीति मार्फत बैंक तथा बित्तिय संस्थाको चुक्ता पुँजी दोब्बर पार्ने घोषणा गरेसँगै सेयर कारोबार उच्च रुपले भइ रहेको छ । त्यस अघि दैनिक २० देखि २५ करोड रुपैयाँको कारोबार हुन्थ्यो ।

बुधबार जस्तै बिहिबार पनि सर्वाधिक कमाउनेमा नेपाल फाइनान्सका लगानीकर्ता रहे । यो कम्पनीका सेयरधनीले ९.७८ प्रतिशत कमाएका हुन् । सर्वाधिक गुमाउनेमा कालिञ्चोक डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । यो कम्पनीको सेयर ७.५९ प्रतिशतले घटेको हो ।