तामाङ हेरिटेज ट्रेलमा भ्रमणका लागि आह्वान, भूकम्पले क्षति नभएको दावी, आर्कषक भ्रमण योजना

बिजमाण्डू
२०७२ साउन १४ गते ००:०० | Jul 30, 2015
काठमाडौं । पर्यटकीय गन्तब्यको रुपमा रहेको तामाङ हेरिटेज ट्रेल सुरक्षित रहेको दावी गरिएको छ । भूकम्पबाट ट्रेलको रुपमा रहेको स्याफ्रु, गत्लाङ, तातोपानी, नागथली, थुमन, टिमुरे र वृद्धिमका होटलहरुमा कुनै क्षति नभएको तामाङ हेरिटेज ट्रेल होटल व्यवसायी समिति थुमनले जनाएको छ ।

Tata
GBIME
Nepal Life


समितिले विहिवार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो । छोटो अवधिमा सबै तामाङहरु रहनसहन सांस्कृतिक कार्यक्रम र विभिन्न हिमालहरु अवलोकन गर्न सकिने समितिले जनाएको छ ।   यो ट्रेल बच्चादेखि युवा र बुढाबुढी सबैले गर्न सकिने समितिको दावी छ । यो ट्रेल ९ दिनमा पुरा गर्न सकिन्छ । 
 

 
पहिलाे दिन – ट्रेलको सुरुवात काठमाडौंको माछापोखरी देखि त्रिशुली कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुबेसीसम्म गाडीमा पुग्न सकिन्छ । 
 
दोस्रो दिन – स्याफ्रुवेशीदेखि गत्लाङमा तामाङ संस्कृति, त्यहाँका सम्पदाहरु र त्यहाँका पुराना र पुरातात्विक घरहरु हेर्न सकिन्छ । यहाँका चार वटा होटलहरु पर्यटकको लागि सुविधायुक्त छ ।
 
तेस्रो दिन– गत्लाङबाट विभिन्न हिमश्रृंखलाहरु अवलोकनसँगै तातोपानी पुगिन्छ । तातोपानीमा नुहाएको खण्डमा ग्यास्ट्रिक, नशा रोग र सम्पूर्ण रोगहरु निको हुने दावी गरिन्छ । 
 
चौथो दिन – नागथलीमा तिब्बतको अग्लो हिमाल सिसापाङमा, गणेश हिमाल रेन्ज, गोसाइँकुण्ड रेन्जलाई चाहिं नजिकबाट अवलोकन गर्न सकिन्छ । 
 
पाँचौं दिन – थुमान गाउँको पुराना गुम्बाहरु त्यहाँ तामाङ नाचहरु पुरातात्विक मानीहरु र पुराना घरहरु अवलोकन गर्न सकिन्छ । 
 
छैटौं दिन –टिमुरेमा तिब्बतको बोर्डरका ठाउँहरु हेर्न सकिन्छ । यहाँ चारवटा होटलहरु पर्यटकको लागि सुविधायुक्त छ ।
 
सातौं दिन – बृद्धिममा  तिब्बती संस्कृति र होमस्टेमा बस्न सकिन्छ ।  
 
आठौं दिन –बृद्धिमदेखि स्याब्रुबेसी बास गर्न सकिन्छ । यहाँ होटलहरु पर्यटकको लागि सुविधायुक्त 
छ ।
नवौ दिन –स्याब्रुबेसीदेखि काठमाडौं हुँदै तामाङ हेरिटेज ट्रेललाई समापन हुन्छ ।