सार्वजनिक खरीद ऐन अध्यादेश पारित गर्न आग्रह, नयाँ ऐनको अभावमा खरीद प्रक्रियानै अन्यौंल

बिजमाण्डू
२०७२ साउन १४ गते ००:०० | Jul 30, 2015
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरीद ऐनको अध्यादेश यथाशिघ्र पारित गर्न आग्रह गरेको छ । महासंघका प्रतिनिधिमण्डलले  सभामुख सुवासचन्द्र नेम्बाङलाई भेटी सार्वजनिक खरिद ऐन संशोधन सम्वन्धी अध्यादेश पारित गराउने वातावरण बनाउन आग्रह गरेको हो ।

Tata
GBIME
Nepal Life

ऐन संशोधनको प्रक्रियामा रहेकोले असार २१ देखि हाल सम्म सम्पूर्ण सार्वजनिक खरिद कार्यको बोलपत्र प्रक्रिया अन्यौंलमा परेको छ । सभामुख नेम्वाङले सरकारकै कारणले अध्यादेश पारित हुन ढिलाई भएको बताउँदै ऐनको प्रतिस्थापन विधेयक यथाशिघ्र छलफलमा ल्याई पारित गराउने आश्वासन दिए । भेटमा महासंघका अध्यक्ष शरदकुमार गौचनको नेतृत्वको प्रतिनिधिमण्डल थियो ।