नेपाल वायु सेवा निगममा जागिर खुल्यो, प्रशासन र लेखामा एक सय ४८ जना कर्मचारी भर्ना गरिदै‌

बिजमाण्डू
२०७२ साउन १४ गते ००:०० | Jul 30, 2015
नेपाल वायु सेवा निगममा जागिर खुल्यो, प्रशासन र लेखामा एक सय ४८ जना कर्मचारी भर्ना गरिदै‌

काठमाडौं । एसएलसी देखि स्नातक तहसम्म पास गरेका नेपाली नागरिकका लागि नेपाल वायु सेवा निगममा रोजगारीको अवसर खुलेको छ।
 
निगमले बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गरी प्रशासन र लेखा समूहका चौथोदेखि छैठौं तहसम्म १ सय ४८ जना कर्मचारी माग गरेको हो। निगमले सामन्य प्रशासन तर्फको अधिकृत पदमा २४ जना, बरिष्ठ सहायक १८ जना र सहायक ५६ जना माग गरेको छ।
 
त्यस्तै लेखा समूहतर्फ २३ जना लेखा अधिकृत, ६ जना बरिष्ठ लेखा सहायक र २१ जना माग गरेको छ। अधिकृत तहका लागि स्नातक, बरिष्ठ सहायकका लागि प्रमाणपत्र तह र सहायक पदका लागि एसएलसी पास हुनुपर्नेछ। इच्छुक नेपाली नागरिकले भदौ ४ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्।
 
हेर्नुस् सूचना  :

Tata
GBIME
Nepal Life