नेको इन्स्योरेन्सको महेन्द्रनगर र भैरहवामा शाखा, बिमा दावी परेको साता दिन भित्रै भुक्तानी

बिजमाण्डू
२०७२ साउन १५ गते ००:०० | Jul 31, 2015

Tata
GBIME
Nepal Life

काठमाडौं । नेको इस्योरेन्सले सुदूरपश्चिमाञ्चलको महेन्द्रनगर र पश्चिमाञ्चलको भैरहवामा शाखा खोलेको छ । दुबै शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष फत्तवहादुर केसीले गरेका छन् । 

 
कम्पनीको शाखा संख्या अब १७ पुगेको छ । कम्पनीले बिमादावी सम्बन्धमा कागजात प्राप्त भएको साता दिनभित्रै दावी भुक्तानी गरिसक्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
 
गैरआवासीय नेपाली उपेन्द्र महतो समूहको प्रमुख लगानी रहेको कम्पनीको अध्यक्षमा रमेशकुमार निरौला, व्यवस्थापन सल्लाहकार अशोककुमार खड्का र प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला रहेका छन् ।