मलेशिया र थाइल्याण्डको दुईतर्फी टिकट किन्नेलाई एउटा टिकट सित्तैमा, निगमको योजना विस्तार

बिजमाण्डू
२०७२ साउन १५ गते ००:०० | Jul 31, 2015
मलेशिया र थाइल्याण्डको दुईतर्फी टिकट किन्नेलाई एउटा टिकट सित्तैमा, निगमको योजना विस्तार

काठमाडौं । नेपाल वायुसेवा निगमले टिकट खरीदमा दिँदै आएको छुट बढाएको छ । निगमले यसअघि गत मे १६ बाट बैंककका लागि यस्तो छुट दिँदै आएकोमा अब त्यसलाई मलेशियामा पनि विस्तार गरिएको छ ।

Tata
GBIME
Nepal Life

निगमले भदौ १४ गतेसम्मका लागि यस्तो योजना अगाडि सारेको छ । निगमको छुट योजना अनुसार काठमाडौं-बैंकक-काठमाडौं तथा काठमाडौं-क्वालालाम्पुर-काठमाडौंका लागि दुईवटा दुईतर्फी हवाई टिकट किन्ने ग्राहकले एउटा टिकट सित्तैमा प्राप्त गर्नेछन् ।

निगमका प्रवक्ता रामहरि शर्माले पर्यटकलाई आकर्षित गर्न योजना अगाडि सारिएको जानकारी दिए । उनले यात्रुको संख्या बढे योजना थप विस्तार गर्न सकिने पनि बताए । म्‍यानपावर व्यवसायीको आन्दोलनका कारण खाडी मुलुक तथा मलेशिया उडानमा यात्रुको संख्या कम भएकाले त्यसलाई बढाउन पनि यसले सहयोग गर्ने निगमको विश्वास छ ।