महोत्तरीको गौशालामा सिटिजन्स बैंकको शाखा सञ्चालनमा, नयाँ बानेश्वरमा एटिएम पनि खुल्यो

बिजमाण्डू
२०७२ साउन १५ गते ००:०० | Jul 31, 2015
महोत्तरीको गौशालामा सिटिजन्स बैंकको शाखा सञ्चालनमा, नयाँ बानेश्वरमा एटिएम पनि खुल्यो
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरीको गौशालामा आफ्नो ५५औं शाखा संचालनमा ल्याएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखा आरम्भ गरेका छन् । बैंकले महोत्तरीको औरही र रामगोपालपुरबाट आफ्नो शाखारहित बैकिङ सेवाको सुरु गर्न सी ता शरण रायलाई प्रतिनिधि चयन गरेको छ । 


 
बैंकले उपत्यका भित्र २२ र बाहिर ३३ गरी कुल ५५ वटा शाखा, ४५ वटा एटिएम काउन्टर र दुईसय ६ वटा शाखारहीत आधुनिक बैकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले शुक्रबारबाट नै नयाँ बानेश्वर शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । 
 
बैंकले रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा सञ्चालनमा ल्याएको पोखरेलले बताए । 
 
बैंकले आफ्नो शाखा सुरुवात गरेको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महोत्तरीको औरहीस्थित श्री प्रसाद सिंह माध्यामिक विद्यालयलाई दुई थान कम्प्युटर वितरण गरेको छ ।

Tata
GBIME
Nepal Life