प्रभु बैंकले एकैपटक तीनवटा शाखा स्थानान्तरण गर्‍यो, मर्जरले दोहोरिएका सारिएको बैंकको भनाइ

बिजमाण्डू
२०७२ साउन १५ गते ००:०० | Jul 31, 2015
प्रभु बैंकले एकैपटक तीनवटा शाखा स्थानान्तरण गर्‍यो, मर्जरले दोहोरिएका सारिएको बैंकको भनाइ


काठमाडौं । प्रभु बैंक लिमिटेडले शुक्रबार एकैदिन तीवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मर्जरको क्रममा दोहोरिन गएका नेपालगञ्ज, टाँडी र तुल्सीपुरका शाखालाई बाँकेको कोहलपुर,  लमजुङको बेशीशहर र सुर्खेतको वीरेन्द्रनगरमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो । 

Tata
GBIME
Nepal Life


 

कोहलपुर शाखाको उदघाटन बैंकका विशेषज्ञ सञ्चालक ऋषिराम गौतम, बेसीशहर शाखाको उदघाटन बैंकका संस्थापक रामबहादुर पाण्डे वीरेन्द्रनगर शाखाको उदघाटन संचालक पुष्पबहादुर प्रधानले गरे । 
 
कार्यक्रममा बैंकका नयाँ शाखाबाट स्थानीय जनता, उद्योगी, व्यापारी र आसपासका बासिन्दाले आफनो आवश्यकता अनुसारका बैंकिङ सेवा तथा सुविधा प्राप्त गरी आफ्नो व्यवसाय प्रवद्र्धनमा विशेष फाइदा लिनसक्ने कुरा प्रकाश पारियो । शाखा स्थापनासँगै ती क्षेत्रका ग्राहकले सरल, सहज र सुलभरुपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।