कुन मुलुकमा कामदारले पाउँछन् सबैभन्दा धेरै ज्याला, यी हुन कामदारलाई धेरै ज्याला दिने मुलुक

बिजमाण्डू
२०७२ साउन १६ गते ००:०० | Aug 1, 2015
कुन मुलुकमा कामदारले पाउँछन् सबैभन्दा धेरै ज्याला, यी हुन कामदारलाई धेरै ज्याला दिने मुलुक
काठमाडौं । नेपालमा संगठित क्षेत्रमा काम गर्ने मजदुरहरुको न्युनतम ज्याला तोक्ने गरिएको छ । सरकारले नै तोक्ने ज्याला पनि निकै कम छ । मासिक ज्यादादरले सहरी क्षेत्रमा मजदुरलाई खान बस्न पुग्दैन । त्यसैले नेपाल जस्ता अतिकम विकसित मुलुकको ज्यालादरको विषयमा खासै ठूलो बहस र चर्चा हुँदैन ।
 
विकसित मुलुकमा सरकारले तोक्ने न्युनतम ज्यालाले निकै ठूलो महत्व राख्छ । सरकारले ज्यालामा मात्रै तोक्दैनन्, तोकिएको ज्याला कार्यान्वयन भयो कि भएन भनेर अनुगमन गर्छ र कार्यान्वयन गराउँछ । न्युनतम ज्यालाले उद्योग व्यवासायमा पर्ने असर र मुल्य बृद्धिमा पार्ने चापलाई पनि मसिनोसँग अध्ययन गरिन्छ । 
 
कुन मुलुकमा धेरै छ त न्युनतम ज्याला ? वल्र्ड इकोनोमिक फोरमले आर्थिक सहयाता तथा विकास संगठन(ओइसिडी)को तथ्यांकलाई आधार मानेर ज्यालादरको सूची बनाएको छ । नाम कमाएका अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड,नर्बेजस्ता मुलुकमा सबैभन्दा बढी ज्याला होला भन्ने सोच्नु भएको छ भने तपाई गलत हुनुहुन्छ । 
 
ओइसिडी मुलुकमध्ये सबैभन्दा बढी ज्याला दिने मुलुक अस्ट्रेलिया र लग्जेम्बर्ग पहिलो स्थानमा छन् । अस्ट्रेलियामा औसतमा प्रतिघण्टा ९.५४ अमेरिकी डलर लग्जेम्बर्गमा ९.२४ अमेरिकी डलर ज्याला छ । बेल्जियम, आयरल्याण्ड, फ्रान्स, नेदरल्याण्ड आठ देखि नौं डलर ज्याला दिने मुकुकमा पर्छन ।
 
यो समूहका मुलुक मध्ये सबैभन्दा कम ज्यालादर भएको मुलुकमा मेक्सिको हो । यहाँ दुई डलरबाट ज्यालादर सुरु हुन्छ । ल्याट्भिया, चिली, हंगेरी, चेक रिपब्लिक र स्लोभाक रिपब्लिक प्रतिघण्टा तीन डलर भन्दा कम ज्याला दिने मुलुक हुन् । 
 
काम अनुसार ज्यालाको दर फरक छ । एउटै मुलुकका फरक फरक स्थानमा पनि ज्यालादर फरक छ । यो ज्यालादर औसतमा निकालिएको हो । यो सूचीमा नेपाल जस्ता अतिकम विकसित मुलुकको तथ्यांक समावेश छैन । 
 
यी हुन धेरै ज्याला दिने मुलुक

Tata
GBIME
Nepal Life

स्रोत : वर्ल्ड इकाेनाेमिक फाेरम