इटहरीमा खुल्यो सपोर्ट माइक्रोफाइनान्स, चुक्तापुँजी १ करोड ४० लाख, १० जिल्ला कार्यक्षेत्र

बिजमाण्डू
२०७२ साउन १६ गते ००:०० | Aug 1, 2015

काठमाडौँ । सुनसरीको इटहरा हाँसपोसामा केन्द्रिय कार्यालय रहेको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले कारोबार सुरु गरेको छ ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले शुक्रबार वित्तिय संस्था उद्घाटन गरे । संस्थाले राष्ट्र बैंकबाट १० जिल्लामा कार्यक्षेत्रको अधिकार पाएको छ । 

पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुरमा संस्थाले सेवा दिने अधिकार पाएको हो ।
संस्थाको चुक्ता पुँजी एक करोड ४० लाख रुपैयाँ रहेको छ । 

जारी पुँजी दुई करोड र अधिकृत पुँजी पाँच करोड रुपैयाँ राखिएको संस्थाले जनाएको छ । ६५ जना प्रबर्धक रहेको संस्थाले यसै बर्ष सात शाखा सञ्चालनको तयारी गरेको छ ।