नेपालमा जति समस्या छन्, त्यति नै अवसर पनि, विशाल समूहका अनुज अग्रवालको अन्तर्वार्ता

बिजमाण्डू
२०७२ साउन १७ गते ००:०० | Aug 2, 2015
नेपालमा जति समस्या छन्, त्यति नै अवसर पनि, विशाल समूहका अनुज अग्रवालको अन्तर्वार्ता
पुस्ता भन्दिन म हामी देशसँग ‘सिन्क’ गरिरहेका छौं । कहिले कहिले के हुन्छ भन्दा मैले केही व्यापार, काम गरिरहेको हुन्छु तर त्यो देशको तुलनात्मक लाभसँग ‘म्याच’ गरिरहेको हुँदैन् । देशको रणनीतिसँग ‘अलाइन’ नहुन सक्छ, तपाईं सफल त हुन सक्नुहोला तर त्यसले के हुन्छ भने पानीको धार एकातिर छ तपाईं त्यही पानीको धारसँग अर्कोतर्फबाट जुधेर बसिरहनु भएको छ । हामी पर्यटन उद्योगमा जाँदैछौं, सिमेन्टमा गैसक्यौं । यी क्षेत्रमा हुने काम देशको तुलनात्मक लाभसँग ‘सिन्क’

मैले म्यानुफ्याक्चरिङका लागि म्यानुफ्याक्चरिङ गरेको होइन् । जस्तो वियरको बजार छ, त्यसैले हामी बियर उद्योग लगाउँदै छौं । जस्तो भोली विस्कुटको सम्भावना भयो भने हामी विस्कुट उद्योग लगाउँला । विश्वव्यापि रुपमा हेर्ने हो भने म्यानुफ्याक्चरिङ ठूलो मुद्दा होइन् । ठूलो मुद्दा हो ब्राण्डको व्यवस्थापन, वितरण सञ्जालको व्यवस्थापन, सिस्टम र प्रोसेस । हामी म्यानुफ्याक्चरिङमा सिफ्ट हुँदै छौं भनेर त भन्दिन तर हामीले वितरण सञ्जालको केही क्षेत्रमा आफूलाई विकास गर्न खोजिरहेका छौं

राष्ट्रिय रुपमा हेर्ने हो भने केही वस्तुको म्यानुफ्याक्चरिङ गर्नु देशका लागि सही निर्णय होइन । म मोवाइलको उदाहरण दिन्छु । जस्तो हामी बाहिरबाट मोवाइल ल्याएर आउँछौं, भन्सार शुन्य छ, लागेको भ्याटमा ५० प्रतिशत फिर्ता पाउँछ । मैले नेपालमा मोवाइल उद्योग लगाएँ र सरकारले त्यसलाई संरक्षण गर्न ५० प्रतिशत भन्सार लगाईदियो भने के हुन्छ । अवस्य मोवाइलको मूल्य बढ्छ । यसले उपभोक्ता पनि ठगिन्छ । देशलाई पनि केही फाइदा हुँदैन्

 


नेपालमा सिमित ठूला औद्योगिक घरानामध्ये एक विशाल समूहको जहाँ लगानी र व्यापार छ, त्यहाँ दमदार उपस्थिति पनि छ । मल्टिनेशनल कम्पनीले उत्पादन गर्ने अधिकांश एफएमसिजी उत्पादन हरेक नेपालीका घरमा विशाल समूहमार्फत पुग्छ । बैंक तथा वित्तीय सेवामा त्यस्तै उपस्थिति छ । विशाल समूहले सिमेन्ट, रडदेखि व्याट्रिसम्मको उत्पादन गर्छ । भक्सवागनका गाडीदेखि सुजुकीका मोटरसाइकलको विक्री जिम्मा समेत विशाल समूहले लिएको छ । शिक्षामा लगानी सुरु गरिसकेको समूहले पर्यटन उद्योगमा पनि छिर्दैछ । र अहिले सुरु भएको छ विशाल समूहको ‘भिजि टुमरो’ भिजन । यो भिजनअनुसार विशाल समूह नेपालको पूर्वाधार विकासमा लगानी गर्दैछ । त्यसको सुरुवात पूर्वाधार विकास बैंकबाट हुँदैछ । यति धेरै काम गरे पनि समूह मिडियामा भने ‘लो प्रोफाइल’मा छ । विशाल समूहका निर्देशक, नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवाललाई बिजमाण्डूका विज्ञान अधिकारीले प्रश्न गरे, किन बस्नुहुन्छ लोप्रोफाइलमा ?

Tata
GBIME
Nepal Life

लगानी र व्यापारका हिसावले विशाल समूह नेपालमा ‘डाइभर्सिफाइड’ छ । तर बाहिरबाट हामीले हेर्दा ‘मिस्टेरियस’ जस्तो देखिन्छ । भन्नुको अर्थ विशाल समूहका विषयमा कमै सुन्न पाइन्छ, कमै पढ्न पाइन्छ र तपाईंहरुका विषयमा कमै कुराकानी हुन्छ । किन ?
साधरणतया एउटा समूहका रुपमा हामी मिडियामा आउँदै नआउने त होइन्, तर हामी ‘लो प्रोफाइल’मा बस्न चाहन्छौं । हाम्रो समूहको ‘कल्चर’ नै ठूलो ‘प्रोफाइल’मा जाने पनि होइन । अब नेपालको ठूलो घराना सिजी समूहसँग दाँज्ने हो भने हाम्रो समूह सानो हो । कम चर्चा र धेरै चर्चाको कुरा गर्दा नेपालमा मध्य समूहमा १०÷१५ वटा समूह छन्, त्यसमध्ये एउटा हामी हौं । हामी यी समूहका विषयमा जे कुराकानी हुन्छ, हाम्रा बारेमा पनि त्यही नै हो ।
दोश्रो विशाल समूहको आफ्नो ‘स्ट्याण्डर्ड’ छ । नेपालमा धेरैले आफूलाई समूहका रुपमा उभ्याउँछन् तर ‘एकाउण्टिङ’ र ‘लिगल’ रुपमा समूहका रुपमा हुँदैनन् । हामी पछिल्लो दश वर्षदेखि वित्तीय सेवामा छौं । एनआईसि बैंक होस्, एलआईसि, प्रुडेन्सियल इन्सुरेन्स छन्, ती कम्पनीको आफ्नै पहिचान पनि छ ।

नेपालमा ग्रुप छन् तर ग्रुप कल्चर भने छैन् । त्यसको सट्टा विशाल समूहले भने ग्रुप कल्चरलाई पछ्याउँछ । जस्तो माथि विशाल समूह छ, तल सञ्चालन हुने सबै कम्पनी समूहको सब्सिडरीका रुपमा छन् । हामीले यस्तो कल्चर नेपालमा किन कम भेटाउँछौं ?
नेपालमा धेरैले आफूलाई समूह वा ग्रुपका रुपमा दावी गर्छन् । तर ‘एकाउण्टिङ’का हिसावमा ‘लिगल’ रुपमा ती समूह होइनन् । त्यो नुहुनुमा कर लगायतका विभिन्न कारणहरु होलान् । सबै समूहका आफ्नै ‘स्ट्याण्डर्ड’हरु होलान् तर विशाल समूह भने कर्पोरेट समूहका रुपमा छ । हाम्रो संस्कृती, फिलोसोपि, हाम्रो रणनीति, हाम्रो दिशानिर्देश टपबाट आउँछ । तर हामीले हरेक कम्पनी छुट्टा छुट्टै रुपमा सञ्चालन गर्छौं । विशाल समूहले आफैमा केही काम गर्दैन तर हाम्रा ४० वटा कम्पनी छन्, ती सबै कम्पनी स्वतन्त्र रुपमा सञ्चालन हुन्छन् । यो हाम्रो विजनेश गर्ने मोडल हो ।

नेपालका हिसावमा विशाल समूहलाई सही मानेमा समूह भन्दा हुन्छ ?
नेपालमा विजनेश कर्पोरेट कल्चर अलिकति ‘इभोलुसन’को चरणमा छ । दश वर्ष अघिको कुरा गर्दा केही मात्रै समूह कर्पोरेट हाउसका लागि ‘क्वालिफाई’ थिए । अहिलेको कुरा गर्दा मलाई लाग्छ २० वा २५ वटा समूह केही मात्रमा भए पनि कर्पोरेट हाउसका रुपमा आफूलाई विकास गरिरहेका छन् ।
सबैका आफ्नै फिलोसोफि छन् । सिजीको आफ्नै फिलोसोफि छ, उनीहरु योजनाका हिसावमा अलि एडभान्स देखिन्छन् । केही कम एडभान्स देखिन्छन् । कर्पोरेट कल्चरलाई पछ्याउने हामी एक्लै छौं भन्न मिल्दै मिल्दैन । हामीले के गर्न खोजिरहेका छौं भने विशाल समूहलाई दिर्घकालीन संस्थानका रुपमा विकाश गर्न खोजिरहेका छौं । त्यसका लागि हामीले नाफालाई मात्रै महत्व दिएका छैनौं ।

पैसा कमाउन जरुरी छ, तर पैसा कमाउने मात्रै उद्देश्य होकी होइन भन्ने कुरा आउँछ । पक्कै पनि कम्पनी विकास गरेपछि त्यसको पछि पैसा कमाउने उद्देश्य हुन्छ । पैसा हेरक कुरामा बनाउन पनि सकिन्छ । तर त्यो दुई वर्ष अघिको ‘भिजिए टुमरो’ छलफलमा के कुरा आयो भने विशाल समूह अब देश परिवर्तनका लागि एउटा फोर्स बन्नुपर्छ, हामीले हाम्रा रणनीति अहिले त्यसैगरी विकास गरिरहेका छौं

नेपाल भित्रको कुरा गर्दा विशाल समूहलाई फ्युचरेस्टिक समूह भनिन्छ । जतिबेला बैंकमा आम लगानीकर्ताको चासो थिएन, त्यतिवेला बैंक सुरु गर्नुभयो, इन्सुरेन्स, टेलिकममा त्यस्तै गर्नुभयो ?
मेरो अनुमानमा खासगरी हाम्रो जस्ता देशमा १५ देखि २० वर्षको समयमा कम्पनीले आफूलाई ‘रिइन्भेन्ट’ गर्न जरुरी छ । भोलि त्यो फरक होला । ६० र ७० को दशकमा जुन व्यापार थियो त्यो ८० को दशकमा सकिएको थियो । ८० को दशकमा जुन व्यापार चल्यो त्यो ९० को दशक, २००० मा सकिएको थियो । त्यतिवेला पनि व्यापार त थियो तर त्यसको आकार र प्रकृती परिवर्तन भैसकेको थियो ।
हामीले यो चरणमा दुई वटा ‘एक्सरसाइज’ गर्यौं । एउटा ‘एक्सरसाइज’ हामीले मध्य ९० को दशकमा गर्यौं । हामीले त्यसका लागि बाहिर र भित्रका विज्ञहरुलाई बोलाएर छलफल गरेका थियौं । १५ देखि २० वर्षको अन्तरालमा हुने यस्तो ‘एक्सरसाइज’लाई हामी ‘स्टेकहोल्डर एक्सरसाइज’ भन्छौं । त्यतिवेला हाम्रो छलफलको विषय हुन्छ, भोलीको विशाल समूह के हुन्छ ? भनेर ।
हामीले त्यतिवेला अलिकति म्यानुफ्याक्चरिङबाट व्याक भयौं । जस्तो हामी टुथपेस्ट उत्पादन गर्दथ्यौं, त्यो बन्द गर्यौं । त्यतिवेला हाम्रो अध्ययनले के देखायो भने हामी वित्तीय सेवामा प्रवेश गर्नुपर्छ, त्यसैगरी वितरणको च्यानल बनाउनुपर्छ । हामीले आफूले टुथपेस्ट बनाउनुको सट्टा राम्रो कम्पनीबाट टुथपेस्ट ल्याएर आउने नेपालमा आफ्नो वितरण प्रणाली बलियो बनाएर त्यसलाई विक्री गर्ने । हामीले हाम्रो फोकस त्यसरी परिवर्तन गर्यौं ।
दुई वर्ष अघि पनि हामीले त्यस्तै ‘एक्सरसाइज’ गर्यौं । त्यसलाई हामी भिजिए टुमरो भन्छौं । त्यो एकसरसाइजका लागि हामीले बाहिरबाट भित्रबाट थुप्रै ‘इन्पुट्स’हरु लिएका छौं । कर्मचारीको सुझाव समेटेका छौं । कुनै समय छलफल ठीकै हुन्छ, आश्चर्यमा पार्दैन्, तर यसपटकको छलफलले हामीलाई आश्चर्यमा पार्यौं ।
पैसा कमाउन जरुरी छ, तर पैसा कमाउने मात्रै उद्देश्य होकी होइन भन्ने कुरा आउँछ । पक्कै पनि कम्पनी विकास गरेपछि त्यसको पछि पैसा कमाउने उद्देश्य हुन्छ । पैसा हेरक कुरामा बनाउन पनि सकिन्छ । तर त्यो छलफलमा के कुरा आयो भने विशाल समूह अब देश परिवर्तनका लागि एउटा फोर्स बन्नुपर्छ । हामीले दिर्घकालीन विकास गर्न सक्छौं, हामीले नयाँ प्रविधि ल्याउन सक्छौं, भ्यालु इनोभेसन गर्न सक्छौं ।
र त्यो एउटा सर्कल पनि हो, यदी देशले राम्रो गर्यो भने त्यो देशका कम्पनीले पनि राम्रै गर्छन् । आखिर हाम्रो घर यही हो, नेपाल राम्रो भयो भने हामी पनि यहीं बस्ने हो । त्यो सन्दर्भमा हामीले अहिले ‘वेस्ट इनर्जी’तर्फ लागेका छौं । निर्माणदेखि जलविद्युतसम्म पूर्वाधार निर्माण हामीले हेरिरहेका छौं । हामीले हेरिरहेको अर्को क्षेत्र भनेको ‘ग्रिन टेक्नोलोजी’ हो । साथै लगानी ड्राइभ गर्न प्रविधिको प्रयोग हो । यसरी हेर्दा हामीले अर्को २० वर्षमा कसरी काम गर्न सक्छौं भन्ने देखाउँछ ।

विशाल समूहको एउटा पुस्ता थियो, अहिले अब तपाईंहरुको नयाँ पुस्ता आएको छ । यी सोंच, योजना नयाँ पुस्ताले लिएर आएको हो भन्दा हुन्छ ?
केही हदसम्म त होला तर हामी यसलाई पुस्तान्तरण भन्दा पनि ‘कल्चर’ विकास गर्न खोजिरहेका छौं भन्दा ठीक होला । हामी कल्चर के बनाउन चाहन्छौं भने हामी आफूलाई रिइन्भेट गर्न चाहन्छौं । कहिले कहिले के हुन्छ, मार्केटले फोर्स गर्यो हामीले चेञ्ज गर्यौं । अर्को कुरा के छ भने, मैले आफै सोंचेर बुझेर यहाँको सन्दर्भ हेरेर मैले भोलि के गर्नुपर्दछ भनेर आजै योजना बनायो भने परिवर्तनमा मेरो पनि कन्ट्रोल रहन्छ ।
पुस्ता भन्दिन म हामी देशसँग ‘सिन्क’ गरिरहेका छौं । कहिले कहिले के हुन्छ भन्दा मैले केही व्यापार, काम गरिरहेको हुन्छु तर त्यो देशको तुलनात्मक लाभसँग ‘म्याच’ गरिरहेको हुँदैन् । देशको रणनीति हुनुपर्ने, त्यो रणनीतिसँग ‘अलाइन’ नहुन सक्छ, तपाईं सफल त हुन सक्नुहोला तर त्यसले के हुन्छ भने पानीको धार एकातिर छ तपाईं त्यही पानीको धारसँग अर्कोतर्फबाट जुधेर बसिरहनु भएको छ ।
उदाहरणका रुपमा लिनुहोस्, हामी पर्यटन उद्योगमा जाँदैछौं, सिमेन्टमा गैसक्यौं । यी क्षेत्रमा हुने काम देशको तुलनात्मक लाभसँग ‘सिन्क’ गरिरहेको हुन्छ । शिक्षा, स्वास्थ्य भयो, त्यो देशको आवश्यकता हो । तर मैले नेपालमा मोवाइल फोन उत्पादन गर्ने उद्योग लगाएँ भने त्यो सुहाउँदैन् । आजका दिनमा सरकारले दिने कर संरक्षणले मैले केही गरौंला तर त्यसले भोलीलाई गाह्रो पर्छ ।

त्यसलाई हामीले यसरी बुझौं, केही अघिसम्म विशाल समूह आयात व्यापारमा बढी केन्द्रित थियो । तर अहिले बढी उत्पादनमा केन्द्रित छ । जस्तो सिमेन्टको उद्योग लगाउनुभयो, ‘लिक्वर’ उद्योगमा हात हाल्न खोज्दै हुनुहुन्छ ?
मेरो बुझाई के छ भने विस्तारै ‘ट्रेड’ र ‘म्यानुफ्याक्चरिङ’ उस्तै हुन्छ । जस्तो हामी पहिलेदेखि नै मदिरा विक्री गरिरहेका छौं । हेनिकन वियर बेच्छौं, अहिले हामी वियर उद्योग लगाउँदै छौं । तपाईं सामान आयात गर्नुहोस् वा उत्पादन तपाईंलाई अन्तिममा चाहिने वितरण सञ्जाल हो । पहिले सिमेन्ट पनि आयात हुन्थ्यो अहिले यहीं उत्पादन हुन्छ । हाम्रालागि ‘म्यानुफ्याक्चरिङ’ राष्ट्रिय वितरण सञ्जालको ‘एक्स्टेन्सन’ मात्रै हो ।
मैले म्यानुफ्याक्चरिङका लागि म्यानुफ्याक्चरिङ गरेको होइन् । जस्तो वियरको बजार छ, त्यसैले हामी बियर उद्योग लगाउँदै छौं । जस्तो भोली विस्कुटको सम्भावना भयो भने हामी विस्कुट उद्योग लगाउँला । विश्वव्यापि रुपमा हेर्ने हो भने म्यानुफ्याक्चरिङ ठूलो मुद्दा होइन् । अहिले  म्यानुफ्याक्चरिङमा पनि करार म्यानुफ्याक्चरिङ हुन्छ । उत्पादन ठूलो प्रतिश्पर्धा होइन्, ठूलो प्रतिश्पर्धा हो ब्राण्डको व्यवस्थापन, वितरण सञ्जालको व्यवस्थापन, सिस्टम र प्रोसेस । हामी म्यानुफ्याक्चरिङमा सिफ्ट हुँदै छौं भनेर त भन्दिन तर हामीले केही क्षेत्रमा आफूलाई विकास गर्न खोजिरहेका छौं । उत्पादनले हाम्रो वितरण प्रणालीलाई अझ बलियो बनाउन सघाउँछ ।
हामीले नेपालमा हेर्दा जति वटा समस्या छन्, त्यति नै अवसर पनि छन् । तपाईंले नेपालमा राम्रो ‘लजिस्टिक’ खोज्नुभयो भने त्यो पाउनुहुन्न । जस्तो राम्रो ‘वेयरहाउस’ खोज्यो भने त्यो पाउनुहुन्न । तपाईंले कुनै ‘कोल्ड चेन’ चाहियो भने त्यो छैन् । भनेपछि त्यहाँ त अवसर छ नि । त्यसैले हरेक चुनौतीमा अवसर छन् । नेपालमा जहाँ हेरे पनि अवसर नै अवसर छ । त्यसमध्ये केही तपाईंसँग ‘सिर्नजाइज’ हुन्छ । कति नहुन सक्छ ।
हामीले बुझ्दै गएको कुरा हो, नेपालमा तालिमको ठूलो अभाव छ । यो क्षेत्रमा धेरै पैसा पनि आएको छ तर त्यो त्यति प्रभावकारी भएको छैन् । हामीले गतवर्ष भारतको भारती समूहसँग साझेदारीको निर्णय गर्यौं । त्यसको एउटा तालिम दिने कम्पनी छ सेन्टम । विश्वमा सबैभन्दा ठूलो हो । भारती समूह भनेपछि सबैले चिन्छन् पनि । उसँग हामीले साझेदारी गरेर सेन्टम नेपाल भनेर दर्ता गरेका छौं । ७० प्रतिशत भारतीको, ३० प्रतिशत सेयर हाम्रो छ ।
त्यो नेपालमा सञ्चालनमा भएपछि त्यो पहिलो वास्तविक तालिम दिने कम्पनी हुनेछ । त्यो ‘एक्सपर्टिज’ आएपछि हामीले पनि केही गर्न सकौंला कि ? भोलि गएर शिक्षा, स्वास्थ्यमा त्यस्तै ग्लोबल पाटर्नर साझेदारीका लागि आयो भने त्यसले हामीलाई ‘स्किल’ दिन्छ ।

एउटा ‘एक्सरसाइज’ हामीले मध्य ९० को दशकमा गर्यौं । हामीले त्यसका लागि बाहिर र भित्रका विज्ञहरुलाई बोलाएर छलफल गरेका थियौं । १५ देखि २० वर्षको अन्तरालमा हुने यस्तो ‘एक्सरसाइज’लाई हामी ‘स्टेकहोल्डर एक्सरसाइज’ भन्छौं । त्यतिवेला हाम्रो छलफलको विषय हुन्छ, भोलीको विशाल समूह के हुन्छ ?

तपाईंहरु वियर उद्योग लगाउँदै हुनुहुन्छ, हेनिकन वियर पनि उत्पादन गर्ने भनेर सोच्दै हुनुहुन्छ होइन ?
अहिले हेनिकन वियर उत्पादन गर्ने होइन्, हेनिकन छोटो समयमै नेपालमा उत्पादन हुन सक्दैन्, त्यो उत्पादनका लागि केही कडा शर्तहरु पूरा गर्नुपर्दछ । अहिले नेपालमा हेनिकन उत्पादन गर्नु सही निर्णय पनि हुँदैन् । हामीले आयात गरिरहेका छौं, गर्छौं । हामी अहिले अरु ब्राण्ड उत्पादन गर्छौं । उदाहरणका लागि किंगफिशर लगायत हुन सक्छ । तर तीनदेखि पाँच वर्षको समयमा तपाईंका लागि हेनिकन वा त्यस्तै वियरका लागि बजार बनिसकेको हुनसक्छ ।

तपाईंहरु मदिरा उद्योगमा पनि छिर्न खोज्दै हुनुहुन्छ ?
मदिरा पनि हामीले पछिल्लो १५ वर्षदेखि बेचिरहेका छौं । अहिलेसम्म हामी उत्पादनमा जाने तयारीमा छैनौं । राष्ट्रिय रुपमा हेर्ने हो भने केही वस्तुको म्यानुफ्याक्चरिङ गर्नु देशका लागि सही निर्णय होइन । म मोवाइलको उदाहरण दिन्छु । जस्तो हामी बाहिरबाट मोवाइल ल्याएर आउँछौं, भन्सार शुन्य छ, लागेको भ्याटमा ५० प्रतिशत फिर्ता पाउँछ । मैले नेपालमा मोवाइल उद्योग लगाएँ र सरकारले त्यसलाई संरक्षण गर्न ५० प्रतिशत भन्सार लगाईदियो भने के हुन्छ । अवस्य मोवाइलको मूल्य बढ्छ । यसले उपभोक्ता पनि ठगिन्छ । देशलाई पनि केही फाइदा हुँदैन् ।
महँगो भएपछि आयात घट्छ, देशले पाउने कर पनि पाउँदैन् । धेरै कुरामा नेपालमा म्यानुफ्याक्चरिङ सही निर्णय हुन सक्दैन् । पक्कै पनि सिमेन्ट छ, अरु तुलनात्मक लाभका वस्तु छन्, ती उत्पादन गर्नुपर्दछ । अमेरिकामा टिभि बन्दैन् । स्वीजरल्याण्डमा चक्लेट बन्छ, अरु खास धेरै वस्तु बन्दैन । सबै देशले सबै कुरा बनाउन त भएन नि । देशको प्रतिश्पर्धी लाभको क्षेत्र कुन हो ?, ती सामान मात्रै उत्पादन गर्नु सही हुँदैन । मदिरामा पनि त्यही हो । दिर्घकालीन रुपमा हेर्ने हो भने मदिरा देशमै उत्पादन गर्नु सही हो ? मुख्य प्रश्न त्यही हो ।

टेलिकम व्यापारमा प्रवेश गर्न तपाईंहरुले समयमै लाइसेन्स लिनुभयो । तर त्यो लाइसेन्स होल्ड गरेर आफ्नो पक्षमा प्रयोग गर्न भने सक्नुभएन । के यो क्षेत्रमा तपाईंहरुको रणनीति चुकेको हो ?
टेलिकममा दुई वटा कुरा भयो । नेपाल दूरसञ्चार प्राधिकरणले १९९७÷९८ मा नेपाल टेलिकमबाहेक दुई वटा लाइसेन्स दियो । एउटा जिएसएम प्रविधि र दोस्रो डब्लुएलएल प्रविधिमा । २० वर्ष अघिको कुरा, त्यतिवेला सबैको बुझाई कम थियो, एनटिए आफै पनि रनभुल्लमा थियो ।
हामीले डब्लुएलएल प्रविधिमा लाइसेन्स पाएका थियौं । त्यतिवेला पनि त्यसको खास औचित्य थिएन, आज झनै छैन् । फेरी त्यो प्रविधि ह्याण्डसेट हो कि, फिक्स्ड लाइन हो भन्ने विवाद पनि भयो । हामीले जिएसएम र डब्लुएलएल प्रविधि दुवैमा बिड गरेका थियौं । हामीले डब्लुएलएलको लाइसेन्स पायौं ।
एक डब्लुएलएल प्रविधिमा देश तयार थिएन् । दोस्रो हामीसँग साझेदारीका लागि भारतबाट आएका तीन वटा कम्पनी सरकारी थिए । भारतका त्यो पनि तीन वटा सरकारी कम्पनीसँग काम गर्दा रणनीतिक अलाइनमेन्टमा कहिं न कहिं गाह«ो पर्यो । त्यसपछि टेलिकम व्यापार नेपालमा बढो विवादस्पद पनि बन्यो । त्यही भएर हामीले टेलिकम व्यापारबाट बाहिरिने निर्णय गर्यौं । म त्यसलाई रणनीति फेल भएको भनेर भन्दिन्, हामी समयभन्दा पहिले टेलिकम व्यापारमा छिर्यौं र त्यसलाई पुँजीकरण गर्नबाट चुक्यौं ।

हामीले नेपालमा हेर्दा जति वटा समस्या छन्, त्यति नै अवसर पनि छन् । तपाईंले नेपालमा राम्रो ‘लजिस्टिक’ खोज्नुभयो भने त्यो पाउनुहुन्न । जस्तो राम्रो ‘वेयरहाउस’ खोज्यो भने त्यो पाउनुहुन्न । तपाईंले कुनै ‘कोल्ड चेन’ चाहियो भने त्यो छैन् । भनेपछि त्यहाँ त अवसर छ नि । त्यसैले हरेक चुनौतीमा अवसर छन् । नेपालमा जहाँ हेरे पनि अवसर नै अवसर छ । त्यसमध्ये केही तपाईंसँग ‘सिर्नजाइज’ हुन्छ । कति नहुन सक्छ ।

पूर्वाधार विकास बैंकको सोंचमा विशाल समूहले काम गरिरहेको छ । मौद्रिक नीतिले पनि २० अर्ब रुपैयाँ चुक्ता पुँजीको बैंक खोल्ने प्रावधान राखेको छ । यसलाई ‘भिजिए टुमरो भिजन’को प्रयोग सुरु भनेर भन्दा सही हुन्छ ?
भोलीको नेपाल राम्रो हुनुपर्दछ । त्यसको विस्तार राम्रो हुनुपर्दछ भन्ने विशाल समूहको आन्तरिक रणनीति हो । त्यो सन्दर्भमा हामीले के हेर्यौं भने ठूला परियोजना निर्माणमा वित्तीय स्रोतको ठूलो समस्या छ । सरकार भन्छ निजी क्षेत्रले गर्नुपर्यो । सरकारको धेरै स्किल पनि छैन् । सरकारले बनाएका दुई÷चार वटा परियोजनामा कि त त्यसको लगानी चार गुणा भयो, समय डबल÷ट्रिपल लाग्यो । नेपालको मात्रै होइन विश्वभर अवस्था यस्तै हो । दुनियाँले के भन्यो भने अब निजी क्षेत्रले गर्नुपर्दछ । नेपालको सन्दर्भमा हेर्दा दुई÷तीन वटा चुनौती आउँछ । निजी क्षेत्र भनेको को हो भनेर द्विधा छ ।
उदाहरणका लागि तपाईंले कुनै ‘एसेट म्यानेजमेन्ट’ कम्पनी खोल्नु भयो भने त्यसले टेन्डर गर्न सक्दैन् । हेज फण्ड होला, कमोडिटी एक्सचेञ्ज होला, त्यो कुनै न कुनै रुपमा नेपालमा आवश्यक छ । कि त २० औं लाइसेन्स दिनुपर्यो, त्यो पनि काम लाग्दैन् । कि त निजी क्षेत्र भन्यो भने निजी क्षेत्र को हो ? विशाल समूह निजी क्षेत्र हो कि गोल्छा समूह हो, कि, आईसिटिसि हो ? निजी क्षेत्रमा सयौं कम्पनी छन् ।
दोस्रो निजी क्षेत्रको क्यापासिटी पनि पुगेको छैन् । त्यो स्किलमा होस्, पुँजीको स्रोतमा होस् । हामीले घोराही सिमेन्टका लागि चार अर्ब रुपैयाँको ऋण चाहिएको थियो । त्यो ऋणका लागि १४ वटा बैंक मिलाउनुपर्यो । १४ वटा बैंकको कन्सोर्टिएम व्यवस्थापन गर्ने सहज काम होइन् । चार अर्बमा त्यस्तो भयो, अब दश अर्ब २० अर्बको परियोजनाको कुरा गर्दा हाम्रो बैंकिङ क्षेत्रको क्षमता, व्याजदर स्थिर राख्ने क्षमता कस्तो होला ?
दुई वर्ष अघि अचानक बैंक ऋणको व्याजदर बढ्यो । १४ प्रतिशतसम्म पुग्यो । पछि सही ठाउँमा आयो । जस्तो फास्टट्रयाकमा एक खर्बको परियोजना छ । भोली त्यसको व्याज चार÷पाँच प्रतिशत बढ्यो भने अवस्था के हुन्छ । हामीसँग त प्रारम्भिक रुपमा ग्लोबल पहुँज पनि छैन् । नेपालको ‘कन्ट्रि रेटिङ’ छैन् । त्यो सन्दर्भमा हामीले दुई÷तीन वटा आइडिया सार्वजनिक गरेका थियौं ।
हामीले सरकारलाई पनि बाराम्वार यो कुरा भनेका थियौं । तर हामी जस्तै अरु पनि पाटर्नर छन् । हामीले के भनेका छौं भने निजी क्षेत्रको पनि एउटा प्ल्याटफर्म तयार गरौं । ४०/५० जना जसको सोंचाई मिलेर आउँछ, एक ठाउँमा आउँ । सरकार पनि आओस । अरु पनि संस्थाहरु, बाहिरको मान्छे ल्याएर हामी ठूलो काम गरौं ।
नेपालमा यति धेरै काम छ, एक जनाले भ्याउन पनि भ्याउँदैन् । हाम्रो दोस्रो उद्देश्य के हो भने देशलाई के राम्रो हुन्छ । राम्रो काम गर्न र पैसा कमाउन सकिंदैन् भन्ने पनि होइन् । राम्रो काम पनि गर्ने पैसा पनि कमाउने । त्यो सन्दर्भमा पूर्वाधार विकास बैंक प्रस्ताव गरेका हौं । त्यो यो वर्ष भित्र सञ्चालनमा आउने अपेक्षा गरौं । हाम्रो पनि सुझाव कम्तिमा २० अर्ब रुपैयाँ चुक्ता पुँजी राखेर काम गर्ने । आगामी पाँचदेखि दश वर्ष भित्र त्यसलाई एक खर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउने लक्ष्य हो ।

२० अर्बको पूर्वधार बैंक भनिएको छ, त्यसले काम चाँही के गर्छ ?
यो बैंकले धेरै काम गर्छ । हाम्रो देशको पूर्वाधार रणनीति छ, त्यसमा केही पनि पुगेको छैन । योजना आयोगको आँखाबाट हेर्ने हो भने हामीलाई सय खर्ब रुपैयाँ अबको १० वर्षमा चाहिन्छ । १० देखि २० प्रतिशत लगानी पूर्वधारमा हाल्नु पर्‍यो भन्ने एडिबी लगायतको कुरा पनि छ । हाम्रो जिडिपी जुन २० खर्बको भनिएको छ त्यो अफिसियल हो । अनअफिसियल त्योभन्दा धेरै पनि होला । ३० खर्बकै छ भने पनि वर्षको तीन चार खर्ब पूर्वाधारमा जाला । भनेपछि हामीलाई अबको १० वर्षमा ५० खर्बदेखि एकसय खर्ब रुपैयाँ चाहिन्छ ।
हाम्रो बजेट भनेको ८ खर्बको मात्रै हो । हामीले यत्रो लगानीको कुरा गर्दा त्यहाँ कुनै सोच छैन । एयरपोर्ट खोल्ने कि फास्ट ट्राक खोल्ने यो सबै कुरा प्लानमा हुनुपर्छ । हरेक ठाउँमा रोड खोल्न वा एयरपोर्ट बनाउन जरुरी छैन् । सडकले पुग्ने ठाउँमा सडक बनाउने हो, नपुग्ने ठाउँमा मात्रै विमानस्थल बनाउने हो । हाम्रोमा वर्षको १० हजार किलोमिटर सडक बन्छ तर त्यो कुनै रणनीतिमा बनेको होइन ।
अझ हाम्रो सरसफाइ वा सिचाईं भन्नु हुन्छ भने त्यसमा पनि कुनै सोच रणनीति नै छैन । हाम्रो यस्तो सोच छ कि जसमा सरकारको पनि लगानी होस र निजी क्षेत्रको पनि  सहभागीता होस । अमेरिकामा सडक सेनाले बनाएको हो । हाम्रो २० वर्षको योजना कहाँ छ ? यहाँ रोड बन्छ, यहाँ रेलवे बन्छ भन्ने त हुनुपर्‍यो । त्यसपछि यो वर्षमा यो गर्ने र अर्को वर्षमा यो काम गर्ने भनेर विभाजन गरिदिने र सरकारले बुट प्रणालीमा जिम्मा दिने हो । त्यसका लागि ग्लोबल टेण्डर गरेपछि विदेशी आएर बनाउँछन् । त्यसले योजना पनि राम्रो बन्छ र काम पनि राम्रो हुन्छ । अर्को कुरा ग्लोबल लिंकेज पनि बढाउनु पर्‍यो ।
जति पनि विदेशी कम्पनी छन् सतलज भन्नुस, थ्री गर्जेज भन्नुस उनीहरु पनि यहाँ 'फाइनान्सियल नोजल एजेन्सी' चाहन्छन् । जस्तो मानौं एक्जिम बैंकले एक अर्ब रुपैयाँ दियो भने त्यो सोझै पूर्वाधार बैंकबाट आउँछ र  यता पनि त्यसै अनुसार काम हुन्छ । त्यस्तो खालको राष्ट्रिय लेभलको कम्पिटेन्स भएको कोही पनि छैन । सरकारले लगानी गर्ने भएपछि उसको कन्ट्रोल हुन्छ । निजी क्षेत्र पनि हुन्छ । विदेशी आयो भने उनीहरुको पनि हुन्छ ।
अर्को कुरा ठुलो लगानी र दीर्घकालीन लगानीका लागि स्थायित्व चाहिन्छ । अहिले यहाँ बैंकहरुको निक्षेप हेर्ने हो भने एक वर्ष दुई वर्षको छ । लगानी १०/२० वर्षसम्म गर्ने उनीहरुको सोच नै छैन । त्यो पूर्वाधार विकास बैंकले १० वर्ष २० वर्षको निक्षेप पनि लिन्छ । हाम्रा कम्पनीहरुको निक्षेप पनि लामो समयसम्मको लिने र लोन पनि त्यस्तै दिने खालको हुन्छ ।

 

एक डब्लुएलएल प्रविधिमा देश तयार थिएन् । दोस्रो हामीसँग साझेदारीका लागि भारतबाट आएका तीन वटा कम्पनी सरकारी थिए । भारतका त्यो पनि तीन वटा सरकारी कम्पनीसँग काम गर्दा रणनीतिक अलाइनमेन्टमा कहिं न कहिं गाह्रो पर्यो । त्यसपछि टेलिकम व्यापार नेपालमा बढो विवादस्पद पनि बन्यो । त्यही भएर हामीले टेलिकम व्यापारबाट बाहिरिने निर्णय गर्यौं । म त्यसलाई रणनीति फेल भएको भनेर भन्दिन्, हामी समयभन्दा पहिले टेलिकम व्यापारमा छिर्यौं र त्यसलाई पुँजीकरण गर्नबाट चुक्यौं

अब नीतिगत कुरा गरौं । तपाईंहरु सधैं नेपालबाट विदेशमा लगानी गर्न पाउनु पर्छ भन्नुहुन्छ । यसको मुख्य कारण के हो ?
यसमा म दुईवटा उदाहरण दिन्छु । नेपालमा चार/पाँच वटा कम्पनी छन् जस्तै डाबर, युनिलिभर, स्टाण्डर्ड चार्टर्ड भन्नुस उनीहरुले यहाँ आएर पैसा कमाएर लान्छन् । ट्याक्स त तिर्छन् नै  । आखिरमा युनिलिभरको सामान किन्ने हामी नै हौं । एनसेलको फोन प्रयोऊ गर्ने पनि हामी नै हौं । युनिलिभरले पनि नौ करोड लगानी गरेको थियो । मेरो विचारमा उसले सातसय/आठसय करोड लगिसकेको छ । भनेपछि सबैको अवस्था यही हो । बाहिरका कम्पनीले नेपाल आएर पैसा कमाएर लैजान पाउने तर हामीले बाहिर गएर पैसा कमाएर यहाँ ल्याउन नपाउने भन्ने कुरा हुनु हुँदैन ।
दोस्रो कुरा नेपाली कम्पनीहरुले मेहनत गरेर बाहिर पनि आफ्नो विजनेश लगिसकेका छन् । वाइवाइले मेहनत गरेर नेपाल बाहिर बिजनेश लगेको छ । वाइवाइ त भारतमा धेरै लोकप्रिय बनिसकेको छ । हाम्रो एनआरएन हेर्नुहुन्छ भने पनि उनीहरुले पनि काम गरिरहेका छन् । गर्न त मान्छेले काम गर्छ नै । कुनै न कुनै किसिमबाट मान्छेले काम गरिरहेकै हुन्छ । त्यसरी गर्दा नेपाललाई धेरै फाइदा हुँदैन ।
हामी वितरणहरु प्रणालीमा छौं । त्यसका लागि हामीले सफ्टवेयर बनाइसकेका हुन्छौं । नेपाल आएका कतिपय कम्पनीले तपार्इहरुको वितरण प्रणाली भारतमा भन्दा पनि राम्रो रहेछ भनेका छन् । मैले त्यो काम भारतमा गरेर पैसा कमाएँ भने त्यो त देशका लागि फाइदा नै हुने भयो । विश्वव्यापी रुपमा काम गर्दै जाने हो भने नयाँ उत्पादनहरु पनि आउँछ । नयाँ स्किल बढ्दै जाँदा हामी संसारमै प्रतिस्पर्धी बन्छौं जसको फाइदा नेपाललाई नै हुन्छ ।
मसँग केही स्किल छैन भने त बाहिरका कम्पनी आएर काम गर्छन् । त्यसैले हाम्रो भनाइ के छ भने मैले नेपालमा लगानी गर्न सक्छु भने भारतमा किन सक्दिन वा सिंगापुरमा किन सक्दिन ? पहिले पहिले के कुरा थियो भने फरेक्सको ग्यापका कारण लगानी लान नदिने कुरा आयो तर अहिले त्यो अवस्था छैन । १० वटा कम्पनीले बाहिर लगानी गर्‍यो भने सातवटाले कमाउँछ तीनवटाले गुमाउँछ त्यो कुरामा म पनि सहमत छु । तर गुमाएर के फरक पर्छ ?
व्यापारमा गर्नेले कहिले काहीं नोक्सान पनि गर्छ । त्यसैले नकारात्मक मात्रै हेर्नु भएन । नेपालीहरु चोर छन् भनेर आफ्नै कमजोर सोच बनाउने कुरा भएन । यहाँ विदेशी लगानीकर्ता कति आइरहेका छन् जर्सीका आएका छन्, अरु धेरै ठाउँका आएका छन् । उनीहरु मात्रै राम्रो हामी चाँही खराब भन्ने त होइन । बाहिर गएर काम गर्छु र काम गरेर पैसा ल्याउँछु भन्दा हामीलाई दिनुपर्छ ।
फेरि यो २० वर्ष पुरानो कानुनमा हामी अल्झेका छौं । २० वर्ष अगाडि कम्प्युटर थिएन, ल्यापटप थिएन, संसार कहाँ को कहाँ पुगेको छ हामी त्यसै अल्झेका छौं । आजको बेलामा त त्यो छोडिदिनु पर्छ । फेरि स्थापित कम्पनीको त रेकर्ड पनि त हुन्छ नि । त्यो गर्‍यो भने हाम्रो देशलाई यति धेरै फाइदा हुन्छ कि किन नगरेको हो हामीले अहिलेसम्म बुझेका छैनौं । अर्को कुरा तपाईंसँग दुईवटा उपाय छ कि तपाईंले त्यसलाई छोडिदिनुस कि मान्छेले आफैं गरिहाल्छ । राम्ररी गर्‍यो भने पारदर्शी पनि हुन्छ, सरकारलाई केही आम्दानी पनि आउँछ । हाम्रो लोकल कम्पनी बलियो भयो भने त देशै बलियो हुन्छ नि । मेरो पैसा, तपाईंको पैसा वा उहाँको पैसा भनेको त देशकै 'क्युमिलिटि वेल्थ' हो नि ।