सरक्षण कोषमा ७१ जनालाई जागिर खुल्यो, सहयोगी देखि वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायकसम्म

बिजमाण्डू
२०७२ साउन २१ गते ००:०० | Aug 6, 2015
सरक्षण कोषमा ७१ जनालाई जागिर खुल्यो, सहयोगी देखि वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायकसम्म


काठमाडौं । राष्ट्रिय प्रकृति सरंक्षण कोषमा ७१ जनालाई करारमा जागिर खुलेको छ । कोषको केन्द्रिय कार्यालय र आयोजना तथा कार्यक्रममा खालि भएका पदमा करारमा नियुक्ती गर्न लागिएको हो । इच्छुक व्यक्तिले आगामी भदौ ३ गतेसम्म यी पदमा आयोजना दिन सक्ने कोषले जनाएको छ । 

Tata
GBIME
Nepal Life


 

कोषले दातृ निकायसँगको संझौताका आधारमा सञ्चालन गरिने आयोजनाका लागि खुला प्रतियोगिताबाट करार सेवामा पदपुर्ति गर्न लागिएको हो । १८ वर्ष देखि ४० वर्षसम्मका व्यक्तिले कोषमा आवेदन दिनसक्ने छन् । 
 
कोषको केन्द्रिय कार्यालयदेखि गोरखा, बर्दिया, कञ्चनपुर, दोलखा, अन्नपूर्ण संरक्षण क्षेत्र, चिडियाखाना जावलाखेल र सौराहा चितवनका लागि कर्मचारी मागिएको हो । 
 
वन विज्ञान, वातावरण विज्ञान वा जीव विज्ञानमा स्नातक उत्तीर्ण र संवन्धित क्षेत्रमा दुई वर्ष अनभव भएका व्यक्तिले वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायकमा आवेदन दिन सक्ने छन् । आठ कक्षा उत्तीर्ण र वन्यजन्तु सम्बन्धी अनुभव भएका व्यक्तिले सहयोगीमा आवेदन दिन पाउँने छन् ।