भूकम्प पीडित आर्थिक पत्रकारको सहयोगार्थ प्रभु बैंकको दुई लाख सहयोग, रकम दामासाही वितरण गरिने

बिजमाण्डू
२०७२ साउन २६ गते ००:०० | Aug 11, 2015
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले भूकम्प पीडित आर्थिक पत्रकारका लागि स्थापना गरेको सहयोग कोषमा प्रभु बैंकले दुई लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले भूकम्पबाट प्रभावित भएका आर्थिक पत्रकारको सहयोगार्थ स्वेच्छिक रुपमा यो सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम सहयोग गरेको जनाएको छ । भूकम्पपछि सेजनले आर्थिक पत्रकारहरुको सहयोगार्थ एक लाख रुपैयाँ छुट्याएर कोष स्थापना गरेको थियो ।

Tata
GBIME
Nepal Life

कोषमा आर्थिक पत्रकारमार्फत २८ हजार १ सय ६ रुपैयाँ जम्मा भएको थियो । सेजनले कोषमा भएको रकम भूकम्पबाट प्रभावित भएका पत्रकारलाई दामासाही रुपमा हस्तान्तरण गर्ने विज्ञप्तिमा मार्फत जनाएको छ । सेजनले भूकम्पपछि प्रभावित भएका आर्थिक पत्रकारको नामावली संकलन गरेको थियो । ‘कोषमा जम्मा भएको रकम दामासाही रुपमा बुधवारदेखि सेजनको अनामनगर कार्यालयबाट हस्तान्तरण हुनेछ,’ सेजनका महासचिव पुष्पराज आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।