चीनले युआनलाई डलरसँग अलग गर्‍यो, चिनीयाँ सामान सस्तीने, विश्व बजारमा यस्तो असर देखियो

बिजमाण्डू
२०७२ साउन २७ गते ००:०० | Aug 12, 2015

Tata
GBIME
Nepal Life

एजेन्सी । चीनको मुद्रा युआनलाई अमेरिकी डलरसँग अलग गर्ने र विनियम दर परिवर्तन गर्ने निर्णयपछि धेरैथोरै सबै क्षेत्रमा असर देखिन सुरु भएको छ । पिपुल्स बैंक अफ चाइनाको निर्णयले युआन डलरसँग एकैदिन १.९ प्रतिशतले कमजोर भएको छ, जुन तीन बर्षयताकै कमजोर हो ।

 
ब्लुमवर्गका अनुसार सन् १९९४ मा चीनले बजार विनिमय दरलाई एकीकरण गरेका बेला पनि यस्तै गिरावट देखिएको थियो । वार्कलेजका विश्लेषक (विकासशील बजार) मितुल कोटेचाले एउटा नोटमा लेखे पनि– युआन अब कमजोर बाटोमा हिँड्न थालेको छ । उनले अगाडि लेखे– मुद्राको मूल्य अब बजारमा बढी निर्भर हुने छ र पहिलेभन्दा वढी अस्थिर र कमजोर हुने छ । एसियाली मुद्रामा यसले दवाव बनाइरहने छ ।
 
गएको राती आर्थिक संकटसँग जुधिरहेको ग्रिस र ऋणदाताबीत आठ हजार ६ सय करोड डलर राहत प्याकेजमा सहमति बनेको छ, जसले युरो र डलरलाई बलियो बनायो । 
 
त्यसपछि वाहाना खोजिरहेको सुन र कच्चा तेलको मूल्यले पनि उक्लिने मौका पायो । सुन १० डलर प्रति औंसले बढेर १११० डलरमा पुगेको छ । 
 
चीनबाट आएको खवरले तामा र टिनको मूल्य घट्यो । लन्डन मेटल एक्सचेन्जमा यसको मूल्य २.५ प्रतिशतले घट्यो । आल्मुनियमको पनि मूल्य घट्न थाल्यो । चीनको मूद्रा कमजोर भएसँगै उसको निर्यात बजार बढ्ने छ, किनभने चीनीयाँ बस्तु थप सस्तो हुने छ । यसबाट भारतीय उत्पादनलाई भने बजार पाउन गाह्रो हुनसक्छ किनभने भारतीय बस्तुहरु अहिले नै पनि महँगा छन् ।
 
चीनियाँ प्रभावले भारती मुद्रा पनि दुई महिनायताकै निम्नस्तर ६४.२१ भारुमा आएको छ । भारतीय रिजर्भ बैंकले अस्तक्षेप नगरे भारु अर्को सातासम्म ६४.५० मा आउने प्रक्षेपण सुरु भएको छ । 
 
भारुको थपघटको असर नेपाली मुद्रामा पनि पने छ । बुधबारनै डलर १०३ रुपैयाँ पुगेको छ । मंगलबार डलरको मूल्य १०२ रुपैयाँ ४० पैसाको हाराहारीमा थियो । नेपालले भने चिनीयाँ बस्तु तथा सेवा भने सस्तो मूल्यमा पाउने छ ।