बाजेको सेकुवाको सिनामंगल आउटलेटमा नुरी कफी, अनामगर र बत्तीसपुतलीमा पहिले नै संचालित

बिजमाण्डू
२०७२ भदौ १ गते ००:०० | Aug 18, 2015
बाजेको सेकुवाको सिनामंगल आउटलेटमा नुरी कफी, अनामगर र बत्तीसपुतलीमा पहिले नै संचालित

काठमाडौं । बाजेको सेकुवाको सिनामंगल आउटलेटमा कफी सप खुलेको छ । नुरी कफीसँगको सहकार्यमा बाजेको सेकुवाले मंगलबारबाट कफी सप सञ्चालनमा ल्याएको हो ।

Tata
GBIME
Nepal Life

बाजेको सेकुवाले यसअघि नै नुरी कफीसँगको सहकार्यमा काठमाडौंकै अनामनगर र बत्तीसपुतलीमा रहेका आउटलेटमा कफी सप सञ्चालनमा ल्याएको थियो ।

बाजेको सेकुवाले सिनामंगल, अनामनगर र बत्तीसपुतलीका साथै गैरीधारा तथा सातदोबाटो र उपत्यका बाहिर नागढुंगा पोखरामा रहेका आफ्ना आउटलेटबाट सेवा दिँदै आएको छ ।

नुरी कफीले यसअघि नै रोयल ब्याक्वेंट तीनकुनेमा पनि कफी सप सञ्चालनमा ल्याइसकेको छ ।