केही महिनामै बजाज मोटरसाइकल नेपालमै बन्ने, प्लान्ट निर्माण अन्तिम चरणमा, आवश्यक कामदार माग्यो

बिजमाण्डू
२०७२ भदौ १ गते ००:०० | Aug 18, 2015
केही महिनामै बजाज मोटरसाइकल नेपालमै बन्ने, प्लान्ट निर्माण अन्तिम चरणमा, आवश्यक कामदार माग्यो
काठमाडौं । गोल्छा अर्गनाइजेशनले बजाज मोटरसाइकलको एसेम्बल्ड प्लान्ट अन्तिम चरणमा पुर्‍याएको छ । बजाज मोटरसाइकलको नेपालको आधिकारिक बिक्रेता रहेको यो समूहले नवलपरासीको रामग्राममा प्लान्ट स्थापना अन्तिम चरणमा पुगेको भन्दै कर्मचारी खोजेको छ । 


 
केही महिनाभित्रै बजाजका मोटरसाइकल नेपालमा उत्पादन हुन थाल्नेछन् । बजाजको पल्सर मोटरसाइकल नेपालमा सबैभन्दा बढी बिक्री हुन्छ । बजाजका पल्सर, एभेन्जर डिस्कभर, प्लाटिना लगायतका मोटरसाइकल बिक्री हुँदै आएका छन् । 
 
 गोल्छा समूहको सवारी साधन एसेम्बल्ड गर्ने दोस्रो प्लान्ट हो । विराटनगरमा रहेको पहिलो प्लान्टबाट मुस्ताङ गाडी उत्पादन हुँदै आएको छ । मोटरसाइकल उत्पादन गर्ने यो दोस्रो एसेम्बल्ड प्लान्ट हो । पहिलो प्लान्ट चिनियाँ मोटरसाइकल अन्ना लिफानको नेपालमै उत्पादन भएको थियो । यो मोटरसाइकलले बजार नपाएपछि प्लान्ट बन्द हुन पुग्यो । 
 
कम्पनीले मोटरसाइकल उत्पादनका लागि आवश्यक पर्ने कर्मचारी माग गरेको छ । प्लान्टमा आवश्यक पर्ने महाप्रवन्धक, उत्पादन प्रवन्धक, मानव संशाधन प्रवन्धक र अदक्ष गरेर ६७ जना कर्मचारी खोजेको छ । प्लान्टमा आवश्यक पर्ने एसेम्ब्ली अपरेशन एन्ड क्वालिटी इन्स्पेक्टर ३, एसेम्ब्ली अपरेटर ४०, लजिस्टिक अफिसर १ र  १९ जना अदक्ष कामदार कम्पनीले मागेको छ । कम्पनीले वार्षिक १८ हजार थान मोटरसाइकल उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीको अधिकृत पुँजी २५ करोड रुपैयाँ रहेको छ । कम्पनीले १ सय २५ सीसीका ८ हजार र १ सय ५० सीसीका २ हजार थान मोटरसाइकल उत्पादन गर्ने जनाएको छ । 
 

Tata
GBIME
Nepal Life