सुजुकी मोटरको डिलर मिट सकियो, उत्कृष्ट डिलरलाई दिइयो सुजुकी वागनअार र अल्टो उपहार

बिजमाण्डू
२०७२ भदौ १ गते ००:०० | Aug 18, 2015
काठमाडौं । सुजुकी मोटरको नेपाल लागि अधिकृत विक्रेता सिजी मोटर कर्पले राजधानीमा डिलर मिट सम्पन्न गरेको छ । कम्पनीले हरेक वर्ष डिलर मिट आयोजना गर्दै आएको छ । 


 
देशभरका २८ वटा डिलर कार्यक्रममा सहभागि भएका थिए । आइतबार राजधानीमा भएको कार्यक्रममा  आगामी वर्षको भिजनका बारेमा पनि जानकारी गराइएको थियो । सुजुकीले आगामी वर्ष घर घरमा सुजुकी, हर घरमा खुसी भन्ने कार्यक्रम लागु गर्दैछ । आगामी आर्थिक वर्षको गाडी विक्री गर्ने लक्षका विषयमा पनि जानकारी दिइएको थियो  । 
 
चौधरी समूहका प्रवन्ध निर्देशक अरुण कुमार चौधरीले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गर्ने डिलरलाई ट्रफी हस्तान्तरण गरेका थिए । बेस्ट डिलर परफरमेन्ट अवार्ड युनाइटेड साई मोटर्स भैरहवाले  प्राप्त गरेको छ । युनाइटेड साई मोटर्सले सुजुकी वागनआर प्राप्त गरेको हो । 
 
त्यस्तै फष्ट रनर अपको पुरस्कार अटो मार्ट इन्टरनेशनल बुटवलले प्राप्त गरेको छ यो कम्पनीले सुजुकी अल्टो पुरस्कार पाएको हो । 
 

Tata
GBIME
Nepal Life