बैंकका ८० हजार कर्मचारीको जागिर जाँदै, दुई वर्ष भित्र भारतका तीन बैंकबाट ८० हजारलाई अवकास

बिजमाण्डू
२०७२ भदौ २ गते ००:०० | Aug 19, 2015
बैंकका ८० हजार कर्मचारीको जागिर जाँदै, दुई वर्ष भित्र भारतका तीन बैंकबाट ८० हजारलाई अवकास
नयाँ दिल्ली । आगामी दुई वर्ष भित्र भारतमा एसविआई सहित तीन वटा बैंकबाट मात्रै ८० हजार कर्मचारी बाहिरिँदै छन् । यति धेरै कर्मचारी एकै पटक बाहिर लागेको यो संभवत पहिलो हुनसक्ने दि इकोनोमिक्स टाइम्सले जनाएको छ । 


 
दुई वर्षभित्र भारतीय सरकारी स्वामित्वको स्टेट बैंक अफ इन्डिया, आइडिबीआई बैंक र भारतीय महिला बैंकबाट निकै ठूलो मात्रामा कर्मचारीले अवकास पाउँदैछन् । यही आर्थिक वर्षमा करिब ७८ हजार आठ सय कर्मचारी बैंकबाट विदा हुँदैछन् । एसविआईबाट सबैभन्दा धेरै करिब ४० हजार कर्मचारीले अवकास पाउनेछन् । 
 
यी बैंकमा क्लार्क देखि अफिसरसम्मको पदबाट कर्मचारी विदा हुने जानकारी पनि बैंकहरुले दिएका छन् । यही वर्ष ४० हजारको हाराहारीमा अधिकृत तहका कर्मचारी बाहिरिने छन् ।
 
भारतमा २२ वटा सरकारी लगानीका बैंक छन् । धेरै कर्मचारीले अवकास पाउने बैंकहरुले नयाँ भर्नाको प्रक्रिया पनि अघि बढाएका छन् । भारतमा सूचना प्रविधि पछि राम्रो तलब प्राप्त हुने क्षेत्रमा बैंक पर्छ । मध्यमस्तरका कर्मचारी बढी भर्ना गर्ने योजनामा बैंकहरु छन् । यसका लागि सरकारले केही लचिलो नीति अवलम्बन गरेको छ । 
 

Tata
GBIME
Nepal Life