बाणिज्य बैंकहरुको नाफा २६ अर्ब ७० करोड, ६ बैंकको नाफामा गिरावट, दुई बैंक विलेनियर क्लबमा उक्लिए



बिजमाण्डू
२०७२ भदौ ३ गते ००:०० | Aug 20, 2015

काठमाडौं । भुकम्पले आर्थिक कृयाकलाप खुम्चिँदासमेत बाणिज्य बैंकहरुको खुद नाफा २४ प्रतिशतले बढेको छ । ३० मध्ये २८ बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा बढेको देखिएको हो ।

 
बैंशाखदेखि नै कारोबार शुन्यतामा रहेका बैंकहरुले अघिल्लो बर्ष जम्मा ८.५२ प्रतिशत नाफा गरेका थिए । यस बर्ष बैंकहरुले २६ अर्ब ७० करोड ७३ लाख नाफा गरेका हुन् । अघिल्लो बर्ष नाफा २१ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ थियो ।
 
ग्रान्ड बैंक र जनता बैंकले अहिलेसम्म नाफा सार्वजनिक गरिसकेका छैनन् । २८ मध्ये ६ वटा बैंकको नाफा घटेको छ । नबिल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, एनआइसी एसिया, नेपाल बैंक, लक्ष्मी बैंक र सिभिल बैंकको नाफा घटेको छ । 
 
गत बर्ष २४ करोड खुद नोक्शानमा रहेको प्रभु बैंकले एक अर्ब तीन करोड नाफा गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले दुई अर्ब ५० करोड रुपैयाँभन्दा वढीको सेयर विक्री गरेर आम्दानी गरेकाले नाफा १४५ प्रतिशतले बढेर चार अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने नेपाल एसबिआइ र प्रभु बैंक यस पटक अर्ब नाफा कमाउने बैंकको सुचीमा उक्लिएका छन्, जसले गर्दा बैंकिङ क्षेत्रको औषत नाफा बढेको हो ।
 
गत आर्थिक बर्ष अर्ब नाफा कमाउने बैंकको सुचीमा राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबिआइ, प्रभु र ग्लोबल आइएमइ बैंक छन् । 
 
५० करोडभन्दा माथि नाफा प्राइम बैंक, एनबी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआइसी बैंक, माछापुच्छ«े, सानिमा, नेपाल बैंक र एनएमबी बैंक छन् । 

Tata
GBIME
Nepal Life