तर मुद्रा युद्धबाट मन्दी रोक्न असम्भव छ, स्वामी अय्यरको लेख

बिजमाण्डू
२०७२ भदौ ४ गते ००:०० | Aug 21, 2015
तर मुद्रा युद्धबाट मन्दी रोक्न असम्भव छ, स्वामी अय्यरको लेख
मोर्गन स्टेन्लीका रुचिर शर्माले चीनको आर्थिक वृद्धिदर घटे विश्वभरी मन्दी आउने चेतावनी दिएका छन् । विश्वको आर्थिक वृद्धि यसै पनि अन्तराष्ट्रिय वित्त निगम (आईएमएफ)ले अनुमान गरेभन्दा तल झरिसकेको छ । खासगरी विकशोन्मुख मुलुकको बजारको हालत डामाडोल छ । 
ब्राजिलको मुद्रा रियाल यो वर्षको सुरुदेखि अहिलेसम्म २३ प्रतिशत कमजोर बनिसकेको छ । रुसी रुवेल २०१३ पछि अहिलेसम्म आफ्ना आधा मूलय गुमाएको छ । 
यसले आयात घटाउन तथा निर्यात बनाउनका लागि एक अर्को देश आफ्नो मुद्राको मूल्य घटाउन होड लगाएका छन् । यस होडले सुस्त भएको चीनको वृद्धि दरको असर कयौं गुणा बढ्नेछ र यही कारण भिषण मन्दीको समय सुरु हुनेछ ।
सन् २००८ मा आएको मन्दीले विश्वभरको आर्थिक वृद्धिमा असर परेको थियो । तर पनि कुनै देशले आफ्नो अर्थव्यवस्था बचाउनका लागि न त मुद्राको मूल्य घटाएका थिए । न त आयतमा ठूलो कर नै लगाएका थिए । 
अर्थतन्त्रको इतिहासले पाठ पढाएको छ, सन् १९३० को दशकमा आएको महामन्दीमा मुद्राको अवमूल्यनले र आयात कर बढाउँदा मन्दी अझ बढेको थियो । 
जब हरेक देशले आयात घटाए तब त्यसको असर दुनियाभर निर्यात घटेको अवस्थामा आयो । यसले सबै आर्थिक क्रियाकलाप प्रभावित भए । यसैगरी मुद्राको अवमूल्यनको होड र उच्च करको दुष्चक्रमा अर्थतन्त्र फसेको थियो । 
जनवरीदेखि अहिलेसम्म भारतीय रुपैयाँ ३.४ प्रतिशत कमजोर भएको छ । सन् २०१४ मा जब नरेन्द्र मोदी प्रधानमन्त्रीमा चुनिएका थिए तब डलरको तुलनामा भारु ५९ रुपैयाँमा थियो । त्यहाँबाट अहिलेसम्म रुपैयाँ १० प्रतिशत कमजोर भैसककेो छ । त्यसैगरी निर्यात पनि लगातार आठ महिनादेखि गिरावट आएको छ ।
मुद्राको अवमूल्यनको होडको असर डलरमा देखियो । लगभग सबै मुद्राको तुलनामा डलर केही मजबुत बनेको छ । अहिलेसम्म एउटा अपवाद चनियाँ मुद्रा युआन थियो । तर पछिल्लो साता चीनले पनि यसको तीन प्रतिशत अवमूल्यन गर्यो । 
केही विज्ञलाई आगामी महिनाहरुमा यो दश प्रतिशतसम्म गिरावट हुने अनुमान गरिरहेका छन् । उनीहरुलाई डर छ कि चीन आफ्नो सुस्त बन्दै गएको अर्थतन्त्रलाई जगाउन निर्यात बढाउन चाहन्छ । 
चीनले सात प्रतिशत आर्थिक वृद्धि गर्न चाहिरहेको छ । तर विद्युतको खपत, औद्योगिक उत्पादनको माग र रेलवे फ्रेटमाथि नजर राख्ने विश्लेषकहरु भने यो वृद्धि पाँच प्रतिशतमा रहने अनुमान गरिरहेका छन् । 
विश्लेषकहरु यसबाट कम्युनिष्ट पार्टीमा डर पैदा गरेको बताउँछन् । आर्थिक मात्र होइन राजनीतिक स्थिरताका लागि पनि तिव्र आर्थिक वृद्धिको आवश्यकता छ । केही आशावादी विश्लेषकहरु भन्छन् चीन अब योभन्दा बढी मुद्रा अवमूल्यन गर्दैन् तर निराशावादीहरुलाई भने जबसम्म निर्यातले गति समात्दैन् तवसम्म मुद्रा अवमूल्यन भैरहने बताउँछन् ।
केही भारतीय विश्लेषक पनि रुपैयाँको मूल्य अझ बढी घटाउनु पर्ने माग गरिरहेका छन् । तर सि रंगराजन, प्राची मिश्रा, साजिद चिनय र जहाँगिर अजिजले जुन अध्ययन गरेका छन्, त्यसबाट भने भारतीय निर्यातको वृद्धिसँग मुद्राको तालमेल बढी देख्दैनन् । उनीहरुको बुझाइ भारतको निर्यात विश्वको आर्थिक वृद्धिसँग जोडिएको छ ।
यस्तोमा भारतले मुद्राको अवमूल्यन गर्ने होडबाजी विरुद्ध आवाज उठाउन जरुरी छ भने आइएमएफलाई पनि मुद्रा युद्ध रोक्नका लागि ठोस कदम उठाउनका लागि तयार गर्न जरुरी छ । चीनको सुस्त आर्थिक वृद्धिले विश्वमा आर्थिक मन्दी  नआउला तर मुद्रा युद्धले भने पक्कै पनि मन्दीलाई निम्ताई छाड्नेछ । 
 

Tata
GBIME
Nepal Life