होन्डाको एक्टिभा बिक्रीमा नयाँ कीर्तिमान, करोड एक्टिभा बिक्री, मोटरसाइकलमा स्प्लेन्डर पहिलो

बिजमाण्डू
२०७२ भदौ ५ गते ००:०० | Aug 22, 2015
नयाँदिल्ली । भारतमा दुई पांग्रे सवारी साधन उत्पादक होन्डाले नयाँ कीर्तिमान कायम गरेको छ । होन्डाको स्कुटर एक्टिभाको बिक्री एक करोड पुगेको छ । भारतमा एक करोड स्कुटर बिक्री हुने ब्रान्डमा एक्टिभा पहिलो भएको छ ।

Tata
GBIME
Nepal Life

होन्डाको एक्टिभा सन् २००१देखिनै भारतीय बजारमा लोकप्रिय थियो । मोटरसाइक सेग्मेन्टमा स्प्लेन्डरको बजार हिस्सा पहिलो छ ।हिरोको स्प्लेन्डरको बिक्री २ करोड ५ लाख भएको छ । यो बिक्रीमा हिरोको किर्तिमान कायम छ । सन् १९९४मा लन्च भएको यो मोटरसाइकल भारत मात्रै होइन विश्व बजारमानै लोकप्रिय छ । स्प्लेन्डर बाइक धेरै पटक अपग्रेड भइसकेको छ ।
 

 
 अहिले बजारमा १ सय २५ सीसीको अपग्रेड भर्सन सुपर स्प्लेन्डर बजारमा छ । सन् २०१४मा लन्च भएको प्रोक्लासिक स्प्लेन्डरले पनि बजार हिस्सा बढाइरहेको छ ।