धितोपत्र बोर्डले एकैपटक माग्यो १६ जना अधिकृत, प्रशासन, लेखा र कानुन समूहमा आवेदन खुल्यो

बिजमाण्डू
२०७२ भदौ ६ गते ००:०० | Aug 23, 2015
धितोपत्र बोर्डले एकैपटक माग्यो १६ जना अधिकृत, प्रशासन, लेखा र कानुन समूहमा आवेदन खुल्यो

काठमाडौं । धितोपत्र बोर्डले १६ जना अधिकृत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ । बोर्डले प्रशासन, लेखा र कानुन समूहमा १६ जना अधिकृत नियुक्त गर्न दरखास्त खुलाएको छ ।

Tata
GBIME
Nepal Life
बोर्डले प्रशासन समूहमा १० जना तृतीय श्रेणीका अधिकृत नियुक्त गर्न लागेको छ । यस्तै कानुनमा चार जना र लेखा समूहमा दुई जना तीतृय श्रेणीका अधिकृत नियुक्त गर्न लागिएको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डलाई दरबन्दी थप गर्न अर्थमन्त्रालयले गत वर्ष स्वीकृति दिएको थियो । बोर्डले दरबन्दी थप योजना अन्तर्गत नै केही समय अगाडि निजर गिरी र परिष्ठ पौडेललाई कार्यकारी निर्देशक बनाएको थियो । त्यसअघि बोर्डमा कार्यकारी निर्देशक पद थिएन । गिरी र पौडेल निर्देशक थिए ।

बोर्डको अधिकृतमा आवेदन दिन चाहनेले अबको ३० दिन भित्रमा आवेदन दिनु पर्नेछ । तीनै समूहमा आवेदन दिन चाहनेले सम्बन्धित विषयमा स्नातकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने धितोपत्र बोर्डले जानकारी दिएको छ ।