एनसेल एप क्याम्पको दर्ता गर्ने समय असोज ३ गतेसम्म, चार विधामा विभिन्न समूहबीच प्रतिस्पर्धा हुने

बिजमाण्डू
२०७२ भदौ ७ गते ००:०० | Aug 24, 2015
एनसेल एप क्याम्पको दर्ता गर्ने समय असोज ३ गतेसम्म, चार विधामा विभिन्न समूहबीच प्रतिस्पर्धा हुने
काठमाडौं । मोवाइल सेवा प्रदायक एनसेलले आयोना गर्न लागेको एनसेल एप क्याम्प २०१५ मा सहभागि हुनका लागि प्रतियोगीहरुले असोज ३ गते दिउँसो १२ बजेसम्म नाम दर्ता गराउन सक्ने ब्यवस्था गरेको छ ।  
 
शनिबार डिब्रिफिङ सेशनको आयोजना गरी सहभागिहरुलाई प्रतियोगितामा भाग लिने तरिका र प्रतियोगतिका सुरु भएदेखि अन्तिमसम्म हुने विभिन्न चरणका कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । ३ सय भन्दा बढी इच्छुक एवं डेभेलपर सेशनमा उपस्थित थिए ।
 
विहानी र दिवा गरि दुई सत्रमा गरिएको डिव्रिफिङमा मोवाइल प्रविधिमा चासो राख्नेहरुको उत्साहाजनक सहभागिता रहेको  थियो । 
 
एनसेलका कर्पोेरेट कम्युनिकेशन एक्सपर्ट मिलन शर्माले एनसेल एप क्याम्प २०१५ केवल एउटा प्रतियोगितामात्र नभइ युवाहरुमा भएको सिर्जनात्मक क्षमतालाई व्यासायीक सीपको रुपमा विकास गर्न सहयोग पुर्‍याउन आयोजना गरिएको बताए ।
 
‘एनसेलले सिएसआर अन्र्तगत डिजिटल संसारमा केही नयाँ गर्र्न उदेश्यका साथ यो कार्यलाई निरन्तरता दिएको हो । सिर्जनशिल युवाहरुमा भएको क्षमतालाइ ब्यवसायमा रुपान्तरण गराउने र उनीहरुको सिर्जना देश विदेशमा परिचित गराउनु हाम्रो उद्देश्य हो,’  शर्माले भने । 
 
प्रतियोगितामा भाग लिन २ देखि ५ जनाको समूह बनाउनुपर्ने एनसेलले जनाएको छ । ‘हामीले यो व्यवस्था सहभागिहरुले भविश्यमा कम्पनी दर्ता गर्न चाहेमा सजीलो होस् भनेर गरेका हौं,’ शर्माले भने । 
 
कार्यक्रममा योङ इनोभेसनका ब्यवस्थापक प्रवेश श्रेष्ठले सहभागिलाई एनसेल एप क्याम्प प्रतियोगिताका विभिन्न चरणहरु र ती चरणहरुमा गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए । 
 
एनसेलले एनसेल एप २०१५ मा प्रतिस्पर्धाका ४ वटा विधा तोकिएको छ । प्रतियोगितामा खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी क्षेत्रमा एपबीच प्रतिस्पर्धा हुनेछ । 

Tata
GBIME
Nepal Life