एकैदिन ८ सय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको ५१ हजारमा कारोबार, चाँदी पनि ७ सतबाट झर्‍यो

बिजमाण्डू
२०७२ भदौ ९ गते ००:०० | Aug 26, 2015
एकैदिन ८ सय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको ५१ हजारमा कारोबार, चाँदी पनि ७ सतबाट झर्‍यो

काठमाडौं । केही दिन यता बढ्दो क्रममा रहेको सुनको भाउ बुधबार फेरि घटेको छ । अघिल्लो हप्तादेखि बढ्न थालेको सुनको भाउ बुधबार एकैदिन ८ सय रुपैयाँले घटेको छ । 

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको भाउ ५१ हजार ८ सय रुपैयाँ थियो । 

सुनको भाउ घटेको दिन चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी तोलाको ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।