सामसङले नेपाल ल्यायो ग्यालेक्सी ट्याव इ, ९.६ इन्चको ठूलो स्क्रिन, मूल्य २७ हजार नौ सय रुपैयाँ

बिजमाण्डू
२०७२ भदौ ९ गते ००:०० | Aug 26, 2015
सामसङले नेपाल ल्यायो ग्यालेक्सी ट्याव इ, ९.६ इन्चको ठूलो स्क्रिन, मूल्य २७ हजार नौ सय रुपैयाँ
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ट्यावलेट सिरिजमा ‘ग्यालेक्सी ट्याव इ’ सार्वजनिक गरेको छ । एन्ड्रोइड प्रविधिमा रहेको यो ट्यावलेट ९.६ इन्चमा उपलब्छ । 
 
ट्याव इमा ‘भ्वाइस कलिङ’ सुविधा छ भने यो मनोरञ्जन अनुभवका लागि उपयुक्त भएको कम्पनीको दावी छ । यी दुई नयाँ सुविधाले ट्यावलेट बजारमा सामसङको नेतृत्वदायी  भूमिकालाई विस्तार गर्ने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । 
 
सामसङ उपभोक्ताका आवश्यकता पूरा गरेर ट्यावलेट समूहमा पनि नेतृत्वदायी भूमिकामा छ, नयाँ ट्याव उपभोक्ताको दैनिक रुटिन बन्ने विश्वास लिएका छौं, सामसङ नेपालका एचएचसपि विभागका प्रमुख प्रणयराज स्थापितले बताए ।
 
ग्यालेक्सी ट्याव इ ८.५ एमएम पातलो छ भने यो ४९५ ग्राममा छ । स्क्रिन साइजका कारण यो ट्यावलेटमा सिनेमा हेर्न, गेम खेल्न रोमाञ्चक हुनेछ भने मल्टि विन्डो र एकै समयमा दुई वटा एप एक्सेस गर्न पनि सकिन्छ । त्यसैगरी ट्याव इमा किड मोड पनि उपलब्ध छ । 
 
सामसङले ट्याव इमा क्यामेरालाई अझ सुविधाजनक बनाएको छ । यसले तस्वीर खिच्न अझ सहज भएको कम्पनीको दावी छ । क्यामेरामा सहज पहुँच, निरन्तर तस्वीर खिच्न तथा तत्काल क्यामेरा मोडमा पुग्ने सुविधा प्रदान गरिएको छ । ट्याव इमा पछिल्लो भागमा पाँच मेगापिक्सेल र अघिल्लो भागमा दुई मेगापिक्सेलको क्यामरा छ । यो ट्याव १२८ जिबि क्षमतासम्म विस्तार गर्न सकिन्छ । 
 
सामसङ ट्याव इ नेपालमा २७ हजार नौ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यो ट्याव मेटालिक व्लयाक र पर्ल ह्वाइट गरी दुई कलरमा उपलब्ध छ ।  थ्रिजी नेटवर्क सर्पोर्ट गर्ने ट्याव इमा क्वाडकोर प्रोसेसर १.३ गिगाहर्जको प्रोसेसर छ । ट्यावमा व्याट्रिको क्षमता पाँच हजार एमएएच बराबर छ । 
 

Tata
GBIME
Nepal Life