तीन बैंकको स्प्रेड दर तोकिएभन्दा वढी, कम अन्तर कुमारीको, वढी ग्रान्ड र एसबिआइ बैंकको

बिजमाण्डू
२०७२ भदौ १० गते ००:०० | Aug 27, 2015
काठमाडौं । तीन बाणिज्य बैंकहरुको स्प्रेड दर तोकिएभन्दा वढी कायम गरेका छन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार, कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर तीन बैंकले फराकिलो राखेका हुन् ।
 
Bank ASHAD 071              Ashad 072  Bank ASHAD 071              Ashad 072 
Grand  Bank 4.68% 6.75% Sunrise Bank 5.00% 4.30%
Agriculture  6.07% 5.82% Machapuchre Bank 4.97% 4.28%
SBI 4.93% 5.43% BOK 4.31% 4.23%
SCBNL 7.09% 4.92% Citizens bank 4.99% 4.13%
Nepal Bank 4.83% 4.89% Global IME Bank 5.34% 4.11%
prabhu Bank 5.12% 4.84% Lumbini Bank 4.37% 3.95%
Everest bank 5.69% 4.76% Sanima Bank 4.35% 3.91%
NIBL 5.41% 4.46% Laxmi 3.77% 3.72%
NB Bank 4.32% 4.43% Nabil Bank 5.71% 3.71%
SIDDHARTHA BANK 4.94% 4.35% Mega Bank 4.32% 3.62%
Prime Bank 2.93% 4.35% NIC Bank 4.06% 3.52%
Himalayan 4.54% 4.35% NCC 3.42% 3.48%
CIVIL 3.36% 4.33% Century Bank 3.48% 3.47%
Kumari Bank 3.62% 3.16% Janata 3.88% 3.44%
      NMB Bank 3.97% 3.33%

केन्द्रीय बैंकले पाँच प्रतिशतभन्दा वढी ब्याज अन्तर हुन नहुने निर्देशन दिएपनि ग्रान्ड बैंक, कृषि विकास बैंक र नेपाल एसबिआइ बैंकको स्प्रेड दर वढी देखिएको छ । ग्रान्डको ६.७५, कृषि विकासको ५.८२ र एसबिआइको ५.४३ प्रतिशत स्प्रेड दर छ । बाँकी बैंकले पाँच प्रतिशतभन्दा कमनै स्प्रेडमा कारोबार गरिरहेका छन् ।

 
सबैभन्दा कम स्प्रेड कुमारी, एनएमबी, जनता, सेञ्चुरी, एनसिसी बैंकको छ । चार प्रतिशतभन्दा तल स्प्रेड हुने यि बैंकसहित लुम्बिनी, सानिमा, लक्ष्मी, नबिल, मेगा र एनआइसी एसिया बैंक पनि छन् ।
 
झन्डै पाँच प्रतिशतको हाराहारीमा  स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ४.९२ प्रतिशत छ भने नेपाल बैंकको ४.८९, प्रभु ४.८४, एभरेष्ट ४.७६ प्रतिशत छ ।
 
बैंकहरुले स्प्रेड दरका कारण नाफामा संकुचन आएको बताइरहँदा गत बर्ष ३२ प्रतिशतले खुद नाफा बृद्धि गरेका छन् । बैंकहरुले २६ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेका हुन् । खुद ब्याज आम्दानीसमेत १२.२५ प्रतिशतले बढेको छ । 

Tata
GBIME
Nepal Life