बाबा रामदेवको पतञ्जलीमा स्टक ब्रोकरको आँखा, सूचिकृत भए बजार पुँजीकरण डेढ खर्ब पु्ग्ने

बिजमाण्डू
२०७२ भदौ १२ गते ००:०० | Aug 29, 2015
बाबा रामदेवको पतञ्जलीमा स्टक ब्रोकरको आँखा, सूचिकृत भए बजार पुँजीकरण डेढ खर्ब पु्ग्ने
नयाँदिल्ली । बाबा रामदेव योगका लागि मात्रै होइन कारोवारका लागि पनि चर्चित बनेका छन् । त्यसैकारण अब स्टक मार्केट विश्लेषकहरु रामदेव बाबाको पतञ्जली योगपिठ तिर हेर्न थालेका छन् । कारण हो, पचञ्जली योगपिठले उत्पादन गर्ने खाद्य तथा सौन्दर्य प्रसाधनका सामाग्रीको बढ्दो बजार । तथा छाटो अवधिमा फैलिएको योगको विशाल सञ्जालमार्फत तयार भएका उपभोक्ता ।
यसैक्रममा मल्टिनेशनल ब्रोकेरेज फर्म सिएलएसएले ‘विस यु योर लिस्टेडः पतञ्जली आयुर्वेद’ नामको रिपोर्ट समेत तयार गरेको छ । यो प्रतिवेदनअनुसार पतञ्जली आयुर्वेदको आकार इमामी र ज्योती ल्याबभन्दा ठूलो भएको छ । र यो भारतमा सबैभन्दा उच्च वृद्धि भएको एफएमसिजि कम्पनी पनि हो ।
 
प्रतिवेदनअनुसार पतञ्जलीले सन् २०१४÷१५ को वित्त वर्षमा २५ अर्ब भारुभन्दा बढीको सामान विक्री गर्यो । कम्पनीले यो वृद्धि एक दशकभन्दा पनि कम समयमा प्राप्त गरेको हो । 
 
पतञ्जलीको आम्दानी पछिल्लो तीन वर्षमा चार गुणाभन्दा बढी भैसकेको छ । यसले अन्य प्रतिश्पर्धी कम्पनीभन्दा कम मूल्यमा सामान बेचे पनि सञ्चालन मुनाफा भने २० प्रतिशतभन्दा बढी गर्ने गरेको छ । यो सञ्चालन मुनाफा निक्कै  विज्ञापन गरेर सामान विक्री गर्ने कम्पनीको तुलानामा बढी हो । 
 
एफएमसिजि कम्पनीहरु विशेष गरी ‘एन्सिलरी’ उद्योगबाट सामान उत्पादन गरेर आफ्नो ब्राण्डमा बेच्ने गर्छन तर पतञ्जलीसँग भने आफ्नै विशाल खेतीयोग्य जमिन तथा उद्योग पनि छ । यसले उद्योगको व्याकवार्ड इन्टिग्रेसनमार्फत किसानको हित हुने नयाँ मोडल पनि तयार भएको छ ।
 
सेयर बजारमा सूचिकृत एफएमसिजी कम्पनी अहिले औषत ४६ को पिई रेसियोमा कारोवार भैरहेका छन् । २५ अर्ब भारुको कारोवार गर्ने पतञ्जलीले करपछि तीन अर्ब भारु आम्दानी गर्छ । यही पिई भ्यालुएशनका आधारमा पतञ्जली सेयर बजारमा सूचिकृत भए कुल पुँजीकरण एक खर्ब ४० अर्ब रुपैयाँ पुग्ने विश्लेषण पनि प्रतिवेदनमा छ ।
 
पतञ्जलीले आयुर्वेद साबुन, स्याम्फु, दन्त उत्पादन, बिस्कुट, घिउ, तेल, जुस, मसाला जस्ता उत्पादन विक्री गर्छ । त्यसैगरी कम्पनी कोला र चाउचाउ जस्ता उत्पादनमा पनि हात हाल्ने तयारी गरेको छ । 
 
पतञ्जलीमा स्याङजामा जन्मिएका आचार्य बालकृष्णसँग ९२ प्रतिशत सेयर छ भने बाँकी आठ प्रतिशत सेयर गरैआवासिय भारतीयसँग छ । उनीहरु स्कटल्याण्डमा बस्ने गर्छन् ।  इकोनोमिक टाइम्सबाट
 

Tata
GBIME
Nepal Life