ग्लोबल ग्रुपले एक सय ५० इलेक्ट्रिसियनको जीवन बीमा गरिदिने, बीमाले पेशालाई मर्यादित बनाउने

बिजमाण्डू
२०७२ भदौ १३ गते ००:०० | Aug 30, 2015
काठमाडौं । ग्लोबल विजनेश ग्रुपले आफ्नो समूहमा आवद्ध एक सय ५० इलेक्ट्रिसियनहरुको बीमा गरिदिने भएको छ । व्यवसायिक सुरक्षाका लागि ग्लोबल इन्टरनेशनल ट्रेड लिंकमा आवद्ध इलेक्ट्रिसियनको बीमा गर्न लागेको हो । 

ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रकाशजंग पन्तले राजधानीमा आयोजित एक कार्यक्रममा इलेक्ट्रिीसियनको व्यवशायीक सुरक्षा प्रत्याभुत गर्नका लागि जीवन बीमाका साथमा अन्य ६ वटा योजना अघि सारेको बताए । इलेक्ट्रिसियनको पेशालाई मर्यादित बनाउन पनि बीमाले सहयोग पुर्याउने उनले बताए । 
 
ग्रुपले इलेक्ट्रिीसियनका १० जना बालबालिकालाई छात्रवृत्ति योजना, बिपद् जोखिम योजना, उपहार योजना, भ्रमण योजना, विभिन्न बित्तीय संस्थासंगको सहकार्यमा अनिवार्य बचत योजना र ग्लोबल चाड पर्व योजना सञ्चालन गर्ने ग्रुपका अध्यक्ष चुडामणी कँडेलले जानकारी दिए । 
 
ग्रुपले विद्युतीय सामग्रीको बिक्रि बितरण तथा डेकोरेशनको काम गर्दै आएको छ । 
 

Tata
GBIME
Nepal Life