काठमाडौं कलेज अफ म्यानेजमेन्ट र युवा उद्यमी मञ्चले उद्यमशीलता प्रवर्द्न लागि सहकार्य गर्ने

बिजमाण्डू
२०७२ भदौ १३ गते ००:०० | Aug 30, 2015
काठमाडौं कलेज अफ म्यानेजमेन्ट र युवा उद्यमी मञ्चले उद्यमशीलता प्रवर्द्न लागि सहकार्य गर्ने
काठमाडौं । काठमाडौं कलेज अफ म्यानेजमेन्ट र नेपाली युवा उद्यमी मञ्चले उद्यमशीलता प्रवद्र्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 
 
यो समझदारी अनुसार उद्यमशीलताको संस्कृतिलाई बढवा दिने  र स्रोतमा सहज पहुँचका लागि अवसर सिर्जना गर्न सकिने छ ।  


 
काठमाडौं कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षाको क्षेत्रमा एउटा अग्रणी संस्था हो । यो कलेज व्यावसायिक क्षेत्रमा सफल योगदान गर्न सक्षम दक्ष जनशक्तिको विकासमा समर्पित रहिआएको छ । विद्यार्थीहरुको प्रत्यक्ष संलग्नता र सहभागितामा उनीहरुको समग्र विकासका लागि मूल्यमा आधारित शिक्षा प्रदान गर्न यो सम्झौताले थप टेवा पुर्‍याउने जानकारी पनि दिइएको छ ।
 
नेपाली युवा उद्यमी मञ्चले उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा निकै धेरै कार्यक्रमहरु गर्दै आएको छ । यो समझदारीले नेपालको उद्यमशीलता इको सिस्टमको बिकास र क्षमता बिस्तारमा मद्दत गर्नेछ ।
 
यो साझेदारीले संयुक्त अनुसन्धान, तालिम तथा गोष्ठी सञ्चालन र कार्यक्रम व्यवस्थापनका लागि सहकार्यको पहललाई सहजीकरण गर्ने जानकारी पनि दिइएको छ । अन्य सहकार्यको क्षेत्रमा मूल स्रोतव्यक्ति तथा प्रशिक्षक उपलब्ध गराई काठमाडौं कलेज अफ म्यानेजमेन्टको बिजिनेस इन्क्युबेसन सेन्टरको सञ्चालनलाई मार्गनिर्देश गर्न पनि यो समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
 

Tata
GBIME
Nepal Life