युटिएलले २५० रुपैयाँमा ५६ दिन अनलिमिटेड इन्टरनेट दिने, असोज ८ गतेसम्म सिम किन्नुपर्ने

बिजमाण्डू
२०७२ भदौ १४ गते ००:०० | Aug 31, 2015
युटिएलले २५० रुपैयाँमा ५६ दिन अनलिमिटेड इन्टरनेट दिने, असोज ८ गतेसम्म सिम किन्नुपर्ने
काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड(युटिएल)ले इन्टरनेटमा दशैं अफर सुरु गरेको छ । कम्पनीले दुई सय ५० रुपैयाँमा ५६ दिनसम्म असिमित इन्टरनेट चलाउन पाउने ग्राहक योजना लागु गरेको हो ।  यो डाटा प्याक योजना दशैं तथा तिहारजस्ता चाडपर्वलाई लक्षित गरि ल्याइएको कम्पनीले जनाएको छ । 


 
भदौं १५ गते देखि असोज ८ गतेभित्र युटिएल डाटाप्याक सिम किनेर ग्राहकले असिमित इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत भदौं १५ गते डाटाप्याक सिम किन्ने ग्राहकले ५६ दिनसम्म र असोज ८ गते किन्ने ग्राहकले ३२ दिनसम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन् । 
 
योजनाको अवधि समाप्त भएपछि अर्थात ९ गतेपछि यो डाटाप्याक स्वतः नियमित इन्टरनेट सेवामा परिणत हुनेछ । नियमित इन्टरनेट सेवा अन्तर्गत ग्राहकले मासिक पाँच  सय ६५ रुपैयाँ रिचार्ज गरि सेवा नियमित गर्न सक्नेछन् । 
 
नयाँ सिममा मात्रै योजना लागु हुनेछ । यस अघिका डाटा प्याकेजहरुमा यो योजना लागु नहुने कम्पनीले जनाएको छ । 
 

Tata
GBIME
Nepal Life