मेक्सले १० ग्राम सुनको कारोबार शुरु गर्यो, भौतिकरुपमा हस्तान्तरण हुने, बाई ब्याक ग्यारेन्टी पनि

बिजमाण्डू
२०७२ भदौ १४ गते ००:०० | Aug 31, 2015
मेक्सले १० ग्राम सुनको कारोबार शुरु गर्यो, भौतिकरुपमा हस्तान्तरण हुने, बाई ब्याक ग्यारेन्टी पनि


काठमाडौं । मर्कन्टाईल एक्सचेन्ज(मेक्स) नेपाल लिमिटेडले १० ग्राम सुनको कारोबार सुरु गरेको छ । भौतिकरुपमा हस्तान्तरण हुने गरि यो कारोबार थालिएको मेक्सले जनाएको छ । 


 
मेक्सले गर्ने कारोबारमा यो चौथौ भौतिक हस्तान्तरण हुने वस्तु हो । नेपालमै पहिलो पटक १० ग्राम सुनको भौतिक हस्तान्तर हुनेगरि करार कारोबारको लागि ल्याएको दावी मेक्सले गरेको छ । 
 
सुनका गहना विक्रेता गहनागृहसँगको संयुक्त प्रयासमा मेक्सले बजारमा उच्च माग रहेको १० ग्राम सुनको कारोबार थालेको हो । यस्तो गहनामा गहनागृहको बाई ब्याक ग्यारेन्टी पनि रहेको छ । 
 
ग्राहकहरुले विभिन्न उपकरण प्रयोग गरेर मर्कन्टाइल एक्सचेन्जको प्लेटफर्ममा वस्तुको मूल्य विश्लेषण गरि मूल्यको जानकारी लिन सक्छन् । मुल्य विश्लेषण गरेर आफ्नो अनुकुल समयमा किन्ने निर्णय ग्राहकले गर्न पाउनेछन् । 
 
एन्ड्रोइड र आईओएस् एप्लिेकेशनमा पनि उपलब्ध ट्रेडिङ्ग प्लेटफर्ममा वस्तुहरुको प्रत्यक्ष मूल्य प्रदान गरिएको कम्पनीले जनाएको छ । यस भौतिक हस्तान्तरण हुने सुनको हस्तान्तरण काठमाडौँ उपत्यकाभित्र रहेका गहना गृहको शाखाबाट लिन सकिन्छ ।
 

Tata
GBIME
Nepal Life